अमेरिकामा काम नपाएको कारण नेपाली बिधार्थीहरु समस्यामा

इनेप्लिज २०८० फागुन ११ गते ३:०१ मा प्रकाशित

उज्ज्वल भविष्यको सपना बोकेर उच्च शिक्षा हासिल गर्नको लागि आउने धेरैजसो नेपाली विद्यार्थीहरुको योजना कमाउँदै पढ्ने हुन्छ ।

नेपालबाट खर्च ल्याएर थेग्न सक्ने विद्यार्थी नगन्य हुन्छन् । अभिभावकहरूको पनि छोराछोरीलाई अमेरिका पठाएपछि सकिईहाल्यो भन्ने सोच हुन्छ ।

अमेरिका गएपछि पनि आफ्ना छोराछोरीलाई आर्थिक रूपमा कुनै समस्या पर्न सक्छ भन्ने आंकलन समेत धेरै अभिभावकहरूले गरेका हुँदैनन् ।

बरू उल्टै छोराछोरीले पैसा कमाएर पठाउँछन् भनेजस्तो भ्रम अभिभावकहरूमा रहेको पाईन्छ तर यताको यथार्थ भने अर्कै हुन्छ । भोलीको दिनमा छोराछोरीलाई आर्थिक समस्या परेको खण्डमा आफुसंग थेग्न सक्ने जोहो छ कि छैन भन्ने कुरा पनि अभिभावकहरूले सोच्नुपर्ने हुन्छ ।

बिगतका बर्षहरूको तुलनामा अहिले अमेरिका आएका विद्यार्थीहरुलाई काम पाउनै कठिन परेकोले यतिखेर धेरै विद्यार्थीहरु समस्यामा परेका छन् । यहि समस्याले नेपाली विद्यार्थीहरु मानसिक समस्यामा समेत पर्न थालेका छन् ।

यहि समस्यालाई उजागर गर्न, अब नयॉ आउने विद्यार्थीहरुलाई यस समस्या बारे सु-सुचित गर्न,समस्यामा परेका यस्ता विद्यार्थीहरुको लागि के सहयोग उपलब्ध छ भन्ने जानकारी दिएर सहयोग गर्न साथै बिद्यार्थीहरुको समस्या समाधानका लागि एउटा जिम्मेवार बहस उठाउन हामीले Sachchi ko sath ma सच्चीको साथमा कार्यक्रमको यो सिजनको दोस्रो इपिसोडमा यस बिषयलाई उठाएका थियौं ।

उक्त बिषयमा भएको प्रत्यक्ष प्रशारणलाई हामीले हाम्रो you tube मा पनि राखेका छौं ।

हेर्न चाहनेले यो लिंकमा गएर हेर्न सक्नुहुनेछ ।

प्रतिक्रिया