मिस नेपाल नम्रताले ‘मिस नेपाल पिस २०२४’ छान्ने

इनेप्लिज २०८० फागुन ९ गते ११:१७ मा प्रकाशित

काठमाडौँ । पुर्व मिस नेपाल नम्रता श्रेष्ठ ब्रान्ड एम्बेसडर रहेकी एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’को घोषणा गरिएके छ । आयोजक नेक्स्ट मोडल्स नेपालले राजधानीको मैरियटमा एक कार्यक्रमकाबीच प्रतियोगीताको ७ औं संस्करण घोषणा गरेको हो । प्रतियोगिताका शिर्ष बिजेताले मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्नुको अलवा बिभिन्न उपहार समेत जित्न सक्नेछन् ।

आगामी मार्च ९ गतेबाट छनौट चरणको अडिसन हुने प्रतियोगीताको प्रारम्भिक चरणमा देशभरका ४ दर्जन नर्सिङ कलेज तथा एकसय भन्दा बढी अस्पतालमा कार्यरत नर्सहरुको उत्साहजनक सहभागिता रहने आयोजक संस्थाका अध्यक्ष रबि धमलाले अनुमान लगाए ।

‘सशक्त महिला सवल राष्ट्र’ भन्ने नारा सहित लामोसमयदेखि नियमित आयोजना हुँदै आएको यो स्वास्थ्य पेसासँग सम्बन्धित एक मात्र सामाजिक सौदर्य प्रतियोगिता हो । प्रतियोगिताका लागि १६ देखि २८ बर्षसम्मका युवतीले भाग लिन सक्नेछन् । आवेदन फारम खल्ती एपमा उपलब्ध छ ।

छनौट चरणमा छानिएका प्रतियोगिलाई संन्चार कला, विकास मोटिभेसन, लिडरसिप, डे«ङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिने आयोजक नेक्टस् मोडल नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डेले बताइन् ।

अन्तराष्ट्रियस्तरमै शान्तिको सन्देश फैल्याउदै नर्सिङ पेसा रोजेका र अध्यायन गरिरहेकालाई पेसा र समाज प्रति थप उत्तर दाइत्व बोध गराउने उदेश्यले यो प्रतियोगिता बिगत आयोजना हुँदै आएको हो ।

प्रतिक्रिया