‘तलाक’को चर्चाबीच नीताले पोस्ट गरिन् विपना र उनका श्रीमानको तस्वीर, फोटोको वास्तविकता यस्तो ? (भिडियो सहित)

इनेप्लिज २०८० फागुन ८ गते २३:१० मा प्रकाशित

पुस ४ गते अभिनेत्री विपना थापाका श्रीमान आशुतोष भारद्वाजको फेसबुक एकाउन्टमा तरंग ल्याउने स्टाटस पोस्ट भयो । आफू र विपनाको ‘तलाक’ भइसकेको कुरा त्यहाँ उल्लेख थियो ।

त्यसको दश मिनेटमै स्टाटस गायब भयो । यतिञ्जेलसम्म सामाजिक सञ्जाल र मिडियामा डिभोर्सको हल्ला फैलिसकेको थियो । तर विपनाले उक्त स्टाटस फेसबुक ह्याक भएर पोस्ट गरिएको र गलत रहेको भन्दै खण्डन गरिसकेकी छन् ।

विपनाले आफू श्रीमानसँग अलग भएको कुरा गलत भएको बताएपछि फ्यानले राहतको सास फेरे । उनी यतिबेला नीता ढुंगानाले निर्माण गरिरहेको फिल्म ‘ह्रस्वदीर्घ’मा काम गरिरहेकी छिन् । १३ वर्षपछि विपना यो फिल्मबाट अभिनयमा कमब्याक गर्दैछिन् ।

सम्बन्ध विच्छेदको हल्लाबीच नीताले आइतबार बिहान विपना र आशुतोषसँगको युगल तस्वीर सेयर गरेकी छन् । यो तस्वीरमार्फत नीताले पछिल्लो समय चलेका गसिपको खण्डन प्रयास गरेकी छन् ।

https://www.youtube.com/watch?v=jI7Fm9vlh9o

प्रतिक्रिया