रेजिना नेपालीलाई बलात्कार पछी हत्या गरियो नजाहेरी लिन्छ नेताहरु बचाउन लागी परे बुवाको आरोप (भिडियो सहित)

इनेप्लिज २०८० फागुन ७ गते २:१६ मा प्रकाशित

गत पुसमा बलत्कारपछि मारिएकी बाजुराकी १७ वर्षीय रेजिना नेपालीका बुबा बुदे नेपाली र उनका आफन्त न्यायका लागि काठमाडौं आइपुगेका छन् । वडादेखि प्रहरी प्रशासनसम्म दोषीलाई उम्काउन लागिपरेपछि पीडित परिवारले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर न्यायका लागि गुहार मागेका छन् ।

पीडित पक्षले प्रहरी कार्यालयमा दर्ता गराउन तयार पारेको जाहेरी उल्ट्याइ आत्महत्या दुरुत्साहनको जाहेरी बनाइएको र त्यो पनि ३२ दिनपछि मात्रै दर्ता गरिएको उनीहरुको गुनासो छ ।

पीडित नेपालीले भने, ‘मलाई मेरो गाउँघरमा न्यायका लागि साथ दिने कोही नभएर यति टाढा आएको छु, मलाई छोरीको न्यायबाहेक अरु केही चाहिन्न, दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दछु ।’

मृतक रेजिनाका ठूलो बुबा सुरेन्द्र नेपालीले आत्महत्या दुरुत्साहन नभई जबरजस्ती करणी र हत्या नै भएको दाबी गरे । उनले २ नम्बर वडाध्यक्ष पदम भण्डारीका गाडी चालक अर्जुन रावतले नै बलात्कारपछि हत्या गरेको जिकिर गरे ।

घटना भएको दिन पुस १ गते राति आठ बजे मृतक रेजिनाको घर नजिकै प्रतिवादी रावतलाई भेटेको बताउँदै उनले भने, ‘मंसिर २९ गते नाइना भन्ने ठाउँमा मृतक रेजिनासहित चार जना किशोरीमाथि यौनजन्य घटना हुनु, १ गते राति रेजिनाको मृत्यु हुनु र त्यसै दिन घटनाको समयमा प्रतिवादी घटनास्थलमा देखिनु कुनै संयोगमात्रै हुन सक्दैन ।’

https://www.youtube.com/watch?v=EE3ZtUzFHK0

प्रतिक्रिया