शर्मिलालाई कृष्ण कँडेलको प्रश्न- मैले ह्यारेसमेन्ट गरेको भए हिजो किन ‘भगवान् दाइ’ भन्दै हिँड्नुभयो ? (भिडियो सहित)

इनेप्लिज २०८० फागुन ५ गते १८:२० मा प्रकाशित

इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले आफूमाथि लगाइएका आरोपबारे पत्रकार सम्मेलनमार्फत जवाफ दिएका छन् । उनले कुनै पनि कलाकारमाथि शोषण र दुर्व्यवहार नगरेको बताए ।

इन्द्रेणीबाट हटाइएका ६ जना कलाकारले आफूहरूलाई अन्यायमा पारिएको भन्दै कँडेलविरुद्ध पत्रकार सम्मेलन गरेका थिए । उनीहरूमध्ये शर्मिला श्रेष्ठले आफूमाथि कँडेलले ‘ह्यारेसमेन्ट’ गरेको आरोप पनि लगाएकी छन् । कँडेल आफ्नो कोठामा जान खोजेको तर आफूले नलगेपछि काममा पेल्न थालेको उनको आरोप छ ।

इन्द्रेणीको टीमसहित उपस्थित भएका कँडेलले आफूमाथि लागेका अधिकांश आरोप इन्कार गरे । युट्यूवका क्यामराहरूको भिडबीच उनी भावुकता र आवेशमिश्रित मनोदशामा प्रस्तुत भएका थिए । खासगरी शर्मिलाले लगाएको ‘ह्यारेसमेन्ट’ आरोपमा उनको आक्रोश थियो । उनले शर्मिलालाई ‘आफूले ह्यारेसमेन्ट गरेको भए अहिलेसम्म किन मौन बसेको ?’ भन्दै प्रश्न गरे ।

कँडेलले भने, ‘अहिले जसलाई जे-जे भने पनि हुने भयो यो देशमा । शर्मिला बहिनी ! यदि मैले तपाईंलाई ह्यारेसमेन्ट गरेको थिएँ भने तीन वर्ष के हेर्नुभयो भन्नुस् त ? म विदेश जाँदा तपाईं एयरपोर्टमा आएर ‘भगवान् दाइ’ भन्दै ढोग गर्नुभएको थियो । अहिले राक्षस भन्ने हो भने त्यो बेला किन भगवान् भन्नुभयो ? त्यही बेला मलाई तैंले किन यसो गरिस् भन्नु पर्दैन ?’

https://www.youtube.com/watch?v=JWcc-zZGStg

प्रतिक्रिया