किन आत्महत्या गर्छन मान्छेहरु?

नवीन रायमाझी २०८० फागुन ५ गते १८:०० मा प्रकाशित

एक लाख भन्दा बढी मिलिलिटर रक्तदान गरेर ६ सयभन्दा बढीको जीवन बचाएको दाबी गरिएका अर्जुन मैनालीले केही दिन अघि सामाजिक सञ्जाल फेसबुकमा जलेर आत्मदाह गर्न लागेको सन्देश पोष्ट गरेर बेपत्ता भएका र केही समय पछि भाडामा लिएको गाडीभित्र आत्म दाह गरेर आत्म हत्या गरेका छन्। फेसबुक मा पोस्ट गरिएको उनको स्ट्याटस का अनुसार सालो र उनकी श्रीमती ले बेला बेला मा तुच्छ बचन गर्ने कारण आत्महत्या गरेको बताइन्छ। मान्छे को मन कतिबेला बदलिन्छ त्यसको खास कारण कसैले भन्न नसके पनि मैनाली ले आत्म हत्या गरेको कारण भने पंक्तिकार लाई त्यति बिश्वास लागेको छैन तर जुन भयानक र दुखपुर्ण घटना घटेको छ अब त्यसको कारण थाहा पाउनु को पनि कुनै अर्थ छैन।

विश्व स्वास्थ्य सँघठन (डब्लु एच ओ) का अनुसार हरेक बर्ष बिश्व मा बिभिन्न कारण ले ७० लाख मान्छे हरुले आत्म हत्या गरेर आफ्नो जिबन समाप्त पार्छन र आत्म हत्या को प्रयास गर्ने तर समय मै सहयोग पुग्न गएको कारण ज्यान बच्ने हरु को सङ्ख्या लगभग दोब्बर रहेको छ। आत्म हत्या गर्ने मध्य ७० प्रतिसत पुरुष र ३० प्रतिसत महिला रहेका छन् भने १५ देखी १९ बर्ष बीच का मान्छे हरुले सबैभन्दा ठुलो सङ्ख्या मा आत्म हत्या गर्छन। डब्लु एच ओ ले हरेक बर्ष को सेप्टेम्बर १० तारिख का दिन “वर्ल्ड सुसाइड प्रिबेन्सन डे” विश्व आत्महत्या रोकथाम दिवस मनाउदै आएको छ र त्यस दिन आत्म हत्या को प्रयास लाई विफल बनाउन के कस्ता उपाय हरु अबलम्बन गर्न सकिन्छ भन्ने बिषय हरुमा पनि सचेतना जगाउने प्रयास गरिन्छ।

मनोचिकित्सक हरुका अनुसार कुनै ब्यक्ति मा आत्म हत्या गर्ने विचार आउने क्रम अर्थात् “सुसाइडल आइडिएशन” को समय सबैभन्दा खतरापूर्ण हुन्छ र समय मै यसलाई बुझ्न सकियो भने आत्महत्या लाई रोक्न सकिन्छ। कुनै ब्यक्ति ले आत्महत्या को बिचार गरेको एक देखी ढेड मिनेट सम्म मा आत्महत्या गरिसक्ने र यो समय मा रोक्न सकियो भने आत्महत्या को प्रयास लाई पुरै रोक्न सकिन्छ तर यसमा पनि कुनै अपबाद भने नभएको होइन। अमेरिका स्थित स्ट्यान्फ़ोर्ड युनिभर्सिटी का प्रोफेसर तथा मनोचिकित्सक डा जेम्स जे ग्रोस का अनुसार आत्महत्या को विचार कुनै प्राकृतिक कारण ले आउने नभएर सम्बन्धित ब्यक्ति को मानसिक बिकार बाट आउँछ। मस्तिष्क मा आउने “बायो न्युरोलोजिकल” परिबर्तन को कारण ब्यक्ती लाई आफ्नो जिबनको कुनै अर्थ नरहेको र यसलाई नष्ट गर्यो भने सबै समस्या हरुको समाधान हुन्छ भन्ने विचार कै कारण आत्महत्या को घटना हुने प्रोसर ग्रोस को दाबी छ।

मनोचिकित्सकहरुका अनुसार हरेक ब्यक्तिको आत्महत्या गर्ने कारण फरक वा मिल्दोजुदो दुवै हुनसक्छ। बिभिन्न कर्ण हरुले आत्महत्याको घटना हुने भए पनि सबैभन्दा प्रमुख कारण डिप्रेसन र तनाब नै भएको यो क्षेत्र मा कार्यरत विशेसज्ञ हरुको दाबी छ। उनीहरुका अनुसार १५ देखी १९ बर्ष उमेर समुह का ब्यक्ति हरुमा आत्म हत्या गर्ने कारण बढो बिचित्र र सजिलै निराकरण गर्न सकिने समस्या का कारण हरुले हुने गरेको छ। परिक्षामा फेल भएर, मन परेको मान्छेले प्रेम प्रस्ताब स्वीकार नगर्दा, अभिभाबकले गाली गर्दा जस्ता सामान्य कुरामै आत्महत्या गर्ने यो उमेर समुह का मान्छे हरुले हरेक चार मिनेटमा आत्महत्या गर्ने वा त्यो प्रयास विफल भएर बाच्ने गरेको डब्लु एच ओ को एक रिपोर्टमा जनाइएको छ।

अमेरिकामा हरेक बर्ष करिब ५० हजारले आत्महत्या गर्ने र त्यसको कारण निकै मामुली हुने डब्लु एच ओ ले जनाएको छ। डब्लु एच ओ का अनुसार हाल सम्म सबैभन्दा बढी आत्म हत्या स्वास्थको कारण अर्थात डिप्रेसनले हुने र त्यसपछि आर्थिक कारणले हुने मानिएको भए पनि हाल का आत्महत्याको कारण मामुली भएको कारण यो बिषय मा छुट्टै बहस हुनुपर्ने बताएको छ।

सँसार का प्राय जसो सबै देश हरुमा आत्महत्या लाई अपराध मानिएको र हिन्दु धर्ममा पनि पाप मानिएको कारण आत्महत्या गर्ने मान्छे मरे पनि त्यसको परिवारले आफ्नो जिन्दगीभरी चिन्ता गरेर नै बिताउन पर्ने कारण ले त्यस्तो विचार मनमा आउन नदिने र अरुलाई त्यस्तो बिचार आएको थाहा पाएमा शान्तिपूर्ण तरिकाले सम्झाउने वा “काउन्सिलिङ्ग” गर्नु नै एक मात्र उपाय हो। हाम्रो समाजमा एउटा भनाइ छ, मर्ने एकपटक मर्छ तर उसको परिवार जिन्दगी भरी मर्छ।ऒशोले भनेका छन्, यदी तिमीलाई आत्महत्याको विचार आयो र तिमीले आफ्नो जिबन नष्ट गर्दा आजको जिबन भन्दा भद्दा मृत्यु बरण गर्नु पर्ने हुन्छ, अर्थात तिमि मरे पनि समाजले गर्ने बिभिन्न प्रकारको आलोचना बाट तिमि बच्न सक्दैनौ।

अन्तमा मैनाली ले जे कारणले आत्महत्या गरे पनि उनले लड्न लागेको जस्तो श्रीमती को हात समातेको रोमान्टिक तस्बिर सामाजिक सन्जाल सबैले किन सेयर गरेका हुन् त्यो पंक्तिकार को सानो मस्तिष्कले बुझेको छैन। मैनाली ले आत्महत्या गरे पछि सबैभन्दा पिडित उनकी श्रीमती हुनुपर्छ र पिडित भए पनि उनलाई मर्न मन नलागेको हुनसक्छ। यसैले घटनाको गम्भीरता लाई मनन गरेर त्यसैअनुसार ब्यबहार गर्दा उचित हुन्थ्यो कि?

नवीन रायमाझी

पत्रकार तथा लेखक

प्रतिक्रिया