अमेरिकाको भर्जिनियामा घरमा विस्फोट हुँदा १ दमकल अग्नि नियन्त्रकको मृत्यु ,९ जना अग्नि नियन्त्रकहरू अस्पतालमा

इनेप्लिज २०८० फागुन ५ गते ११:४२ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको एक घरमा विस्फोट हुँदा १ दमकल अग्नि नियन्त्रकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

आगलागीको कारण भने खुल्न नसकेको अधिकारीहरुले बताएको एबिसीन्यूजले आफ्नो समाचारमा जनाएको छ । भर्जिनियाको स्टर्लिङ शहरमा गत शुक्रबार साँझ घरमा विस्फोट हुँदा एक अग्नि नियन्त्रक (फायर फाइटर)को मृत्यु भएको हो । अन्य ११ जना घाइते भएका लाउडन अग्नि नियन्त्रण उद्धार सहायक प्रमुख जेम्स विलियम्सले एक पत्रकार सम्मेलनमा भने।

गत शुक्रबार अग्नि नियन्त्रण टोली बेलुकी ७:४० बजे भर्जिनियाको घरमा आइपुग्यो। धेरै अग्नि नियन्त्रकहरु घर भित्र थिए र घर विस्फोट भयो, विलियम्सले भने।

नौ जना अग्नि नियन्त्रकहरूलाई स्थानीय अस्पतालमा लगिएको छ जसमा केही गम्भीर घाइते भएका छन् । सहायक प्रमुखका अनुसार दुई मानिसहरुलाई पनि अस्पताल लगिएको र थप उपचार भइरहेको विलियम्सले बताए ।

आगलागीको कारण भने खुल्न सकेको छैन भने अनुसन्धान भै रहेको समाचारमा उल्लेख छ । भग्नावशेष क्षेत्र ठूलो छ भने सडक र छिमेकीका घर वरपर भग्नावशेष फैलिएको छ । विस्फोट भएको घर नष्ट भएको छ

प्रतिक्रिया