कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अब हुने कुनै पनि तहका निर्वाचनमा चुनावी गठबन्धन गर्न नहुने प्रस्ताव अघि सारेका छन्

बेद प्रसाद घिमिरे २०८० फागुन ४ गते २:३३ मा प्रकाशित

कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अब हुने कुनै पनि तहका निर्वाचनमा चुनावी गठबन्धन (प्रिइलेक्सन एलायन्स) गर्न नहुने प्रस्ताव अघि सारेका छन् । आइतबारदेखि राजधानीमा सुरु हुने पार्टीको महासमिति बैठकमा प्रस्तुत गर्ने थापाको सांगठनिक र शर्माको समसामयिक दस्ताबेजको मस्यौदामा चुनावी गठबन्धनले पार्टीलाई क्षति पुर्‍याएको निचोड निकालिएको छ ।

यी दुवै प्रस्ताव छलफलका लागि बिहीबारदेखि सुरु पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत भएका छन् । थापा र शर्माका अतिरिक्त पार्टीका उपसभापति पूर्णबहादुर खड्काले नीति र सरकारका तर्फबाट अर्थमन्त्री प्रकाशशरण महतले नेपालको अर्थतन्त्रबारे प्रस्ताव प्रस्तुत गरेका छन् । यी दस्ताबेजहरू केन्द्रीय कार्यसमितिबाट अनुमोदन भएपछि महासमिति बैठकमा प्रस्तुत हुनेछन् ।

प्रतिक्रिया