गीत चोरीको विवादमा नयाँ ट्वीस्ट : एलिनाले नै लगाइन् विश्वराममाथि चोरीको आरोप (भिडियो सहित)

इनेप्लिज २०८० फागुन ३ गते २३:१७ मा प्रकाशित

‘कट्टा हानिदिन्छु’ बोलको गीत चोरी गरेर गायिका एलिना चौहानको आवाजमा सार्वजनिक गरिएको आरोप लागिरहेको बेला स्वयम् एलिनाले नयाँ खुलासा गरेकी छन् ।

एलिनाले ‘कट्टा हानिदिन्छु’ बोलको गीत चोरी भएको आरोप लगाउने विश्वराम कार्कीमाथि नै सिर्जना चोरीको आरोप लगाएकी हुन् । सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै एलिनाले मोहन साउदको ५ वर्षभन्दा धेरै अघिको गीतबाट शिवरामले चोरी गरेको आरोप लगाएकी हुन् । मोहन सिंहको स्वर रहेको उक्त गीत लेख्ने पनि उनै हुन् ।

‘अब धेरै बोलिस् भने कट्टा हानिदिन्छु । । ।’ भन्ने शब्दावली मोहन सिंहको गीतमा सुनिन्छ भने विश्वरामको गीतमा ‘धेरै बढी बोलेपछि कट्टा हान्दिन्छु’, सुनिन्छ भने लय पनि उस्तैउस्तै सुनिन्छ ।

https://www.youtube.com/watch?v=cxNhTfiZfPE&t=20s

प्रतिक्रिया