प्रेमको नाटक गर्नेलाई गायिका समीक्षाले दिइन् यसरि शुभकामना ! कसलाई भनिन यसरि ? (भिडियो सहित)

इनेप्लिज २०८० फागुन ३ गते १०:५७ मा प्रकाशित

आज, फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन्स डे (प्रणय दिवस) । भ्यालेन्टाइन्स डे विश्वभरै मनाउने गरिन्छ । युवायुवतीहरूले यो दिनलाई विशेष दिनको रूपमा लिन्छन् । गायिका समीक्षा अधिकारीले भने एक दिन भन्दा पनि मनैदेखि सच्चा, सफा, इमानदार माया गर्ने जोडीहरूका लागि ३६५ दिनै प्रेम दिवस भएको बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा शुभ–कामना पोस्ट गर्दै प्रेमको नाटक गरेर अर्कोको जिन्दगी र मनसँग खेल्नेहरूलाई पनि प्रेम दिवसको धेरै–धेरै शुभ–कामना भनेकी छन् ।

उनले लेखेकी छन्– ‘प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मनसँग खेल खेल्नेहरूलाई पनि प्रेम दिवसको धेरै धेरै शुभकामना । मनदेखि सच्चा सफा इमानदार माया गर्ने जोडीहरूको लागि त ३६५ दिन नै प्रेम दिवस हो ।’

https://www.youtube.com/watch?v=uzLsYJ5J8eE

प्रतिक्रिया