मरे पछि पनि माया गर्ने मान्छेको अन्तिम प्रेम पत्र…..

नबिन बिक २०८० फागुन ३ गते १:३५ मा प्रकाशित

सुरेश सुरुमा पढ्न अष्ट्रेलिया गएको थियो र पछि उतैको पिआर लिएर उतै बस्न थाल्यो । उसको पहाड घर गुल्मी र पछि बुटवल बसाई सरेका थिए, सुरेश अष्ट्रेलियामा आफ्नो ब्यापार ब्यबसाय गर्न थाल्यो। ।ब्यापार ब्यबसायामा उसले राम्रै गर्दै थियो। अब उसले घरजम गर्ने सोचमा थियो तर बिदेशी खैरेनी भन्दा नेपाली केटी नै बिहे गर्ने सोचमा थियो। किनकी उ पहिला पनि बिदेशी केटी संग रिलेसनसिपमा बसिसकेको थियो र उसले बिदेशी बिहे गर्दा भाषा, संस्कृति र धेरै कुराको बुझाईमा समानता नरहने र जीबनमा कहि न कहि केही खटकिने कुरा राम्रो सॅग बुझेको थियो। त्यसैले उ एक नेपाली केटीको खोजीमा थियो । उसले एक दिन फेसबुकमा सृजना भन्ने केटीको प्रोफाईलमा आँखा ठोक्किन पुग्छ र उसलाई फ्रेन्ड रिक्वेस्ट पछाउछ र केटीले पनि तुरुन्तै एक्सेप्ट गर्छे र उनीहरु बिच बिस्तारै कुराकानी सुरु हुन्छ। सृजनाको पुर्रख्यौली घर झापा तर अहिले उनीहरु बसाई सरेर चितवन बस्छन। सुरेस ३० कटेको परिपक्क पुरुष थियो भने सृजना भर्खर प्लस टु पढदै गरेकी भर्खरकी फु्च्ची । कहिले काही बिचार र सोचाई मिल्थेन किनकी उमेरको कारणले पनि होला । सुरेशले अष्ट्रिलियाबाटै बेला बेलामा सृजनालाई गिफ्टहरु पठाई दिई रहन्थ्यो । २ बर्ष २ महिना जसरी बितेको दुबैले पत्तै पाएनन।

सुरेस ३० कटेको परिपक्क पुरुष थियो भने सृजना भर्खर प्लस टु पढदै गरेकी भर्खरकी फु्च्ची । कहिले काही बिचार र सोचाई मिल्थेन किनकी उमेरको कारणले पनि होला ।

अब दुबैजना भेटम न एकचोटी भन्ने सल्लाह भयो र सुरेस काठमाडौ आईपुग्यो र उसलाई भेटन सृजना पनि काठमांडौ आईपुगी, मुग्लिन नारायणगढको बिग्रेको सडकले गर्दा सुरेशले सृजनालाई हवाईजहाजको टिकट काटिदिएको थियो । सृजना जिबनमा पहिलो चोटी हवाईजहाज चढेकी चढेकी थिई, बेलुका खाना खाए र संगै होटल गए ,सृजनालाई घरबाट एक्लै जान नदिनी त्यसैले उसले अर्की संगै पढने साथी पनि लिएर आएकी थिई। साथीलाई अर्को रुममा सुताएर सुरेस र सृजना एउटै रुममा पसे , चुकुल लगाए र मज्जाले कसिलो अंगालो हाल्दै चुम्बन गर्न थाले, काठमाडौको चिसोमा पनि उनीहरुलाई गर्मी हुनथाल्यो र एक पछि अर्को गरेर उनीहरुले कपडा खोलेर फाल्न थाले र सुरेसले बत्ति निभायो र दुबैजना सिरक भित्र पसे, बिस्तारै बिस्तारै उनीहरुको मायाको ज्वालामुखी र भुईचालो एकैचोटी छुट्यो, सृजनाको मायाको चट्टान फुटाउन सुरेसलाई धेरै गार्हो भयो किनकी सृजना कुँवारी थिई।

पुरुषहरु संसारको जुन कुनामा बसे पनि यदि कुँवारी ( भर्जिन) केटी भेटे भनी नागमणी भेटे जस्तै गर्छन, बहुमुल्य रत्न भेटे जस्तै गर्छन र मिलियन डलरको चिठ्ठा जिते जस्तै गर्छन । सृजना कुँवारी भेटिदा सुरेस खुशीले गदगद थियो। पर्सिपल्ट सृजना घर चितवन जानुपर्यो र सुरेश पनि आफ्नो घर बुटवल तर्फ लाग्यो। दश दिन पछि सुरेस अष्ट्रेलिया फर्कियो। सुरेशको र सृजनको अनलाईन कुरा हुने र बर्षमा एकचोटी भेटहुने कुरा निरन्तर जारी रह्यो। यस बिचमा माया , पिडा, झगडा सबै भरपुर रुपमा भएर एकअर्कलाई राम्रो संग बुझिसकेका थिए । अब त सृजना पनि पाको भैसकेकी थिई, उनीहरुको प्रेम पनि ९ बर्ष भैसकेको थियो। तर एउटा समस्या थियो उनीहरुको जात मिल्थेन,सृजना कथित सानो जातकी थिई। सृजनाले चै नौ बर्ष हुदा पनि मलाई बिहे गर्ने छाँटकाट छैन, सायद सुरेसले मलाई बिहे गर्ने सोच बनाएको छैन भन्ने लागिरहेको थियो।सृजनाले सुरेसलाई बेहिसाब माया गर्थी , उसको मायामा पागलपन थियो, पबित्रता थियो, यै देखेर सुरेस पनि उसलाई धेरै माया गर्थ्यो। सृजनालाई घरबाट बिहेको दबाब आउन थालेपनि उसले अनेक बाहनामा टाल्दै आएकी थिई।

सृजनाले चै नौ बर्ष हुदा पनि मलाई बिहे गर्ने छाँटकाट छैन, सायद सुरेसले मलाई बिहे गर्ने सोच बनाएको छैन भन्ने लागिरहेको थियो।

तर सुरेसलाई पनि घरपरिवार मनाउनु पर्ने थियो, किनकी जातको कुरा थियो , उसले घरपरिवारमा धेरैलाई सम्झाई सकेको थियो, नेपालामा जातभातको कुरा धेरै आउने हुनाले उसले सृजनालाई अष्ट्रेलिया लगेर उतै सेटल हुने तर्खरमा थियो , यो बर्षको भ्यालेन्टाईन संगै मनाउने हिसाबले सुरेस अष्ट्रेलियाबाट काठमाडौ आईपुग्यो तर सृजना चै यो भ्यालेन्टाईन सुरेस संग नमनाई दिल्ली उडी, सुरेश त छाँगाबाट खसे जस्तै भयो ।पछि उसले सृजनाको साथी सर्कलबाट पत्ता लगायोकी उसको अर्कै केटो रैछ दिल्लीमा, सुरेसको पछाडी उ दिनहुँ त्यै केटा संग बोल्दि रैछ, सृजनाले पछिल्ला दिनमा चै के महसुस गर्न थालिछ की ९ बर्ष सम्म मलाई प्रयोग मात्र गर्यो, यो जातको कुरा कहिल्यै मिल्दैन, हाम्रो जोडी खुलेर समाजमा पनि आउन सक्दैन, समाजले पनि कुरा काट्छ भनेर उसले आफ्नै स्वजातिय केटा खोजेकी रैछ, सृजनाले बेला बेलामा म त आफ्नै जातको केटा संग जान्छु अब हामी छुट्टीनु पर्छ त भन्थी तर तेस्तो सिरियसचै थिईन। उनीहरु भेटी रहन्थे माया प्रेम गाँसी रहन्थे। जीबनभर नछुट्टिने कसम खाईरहन्थे तर भ्यालेन्टाईनकै मौका पारेर सृजना यसरी धोका दिएर जाली भन्ने कुरा सुरेसले कल्पना समेत गरेको थिएन। सुरेसलाई सम्हाल्नै नसक्ने पिडा भयो, हिजो सम्म पबित्र मानेको सृजना आज उसको नजर बाट एकाएक गिरेकी थिई, सुरेसले पबित्र मानेको तन र मन सृजनाले अरुलाई दिई सकेकी थिई । जिन्दगीको जस्तो सुकै मोडमा पनि नहारेको र नरोएको सुरेश त्यो दिन मज्जाले रोयो र उसले अन्तिम प्रेम पत्र लेख्ने निर्यण गर्यो र व्हाट्सअपमा पछाईदियो, डबल ब्लुटिक आयो र सुरेशले छेउमै राखेको सानो सिसीको तरल पदार्थ पिउछ जसमा “बिष” लेखिएको हुन्छ।

प्यारी सृजना,
अन्जानमै गाँसिएको सम्बन्ध नबौ बसन्त पार गर्दै बुटवल, काठमाडौ , चितवन, पोखरा हुदै आजको भ्यालेन्टाईन सम्म आईपुग्ला भनेर मैले सपनामा पनि सोचेको थिईन। पहिला मैले त्यति सिरियसली लिएको थिईन तर तिम्रो समपर्ण र मायाको पागलपनाले मलाई पनि बिस्तारै गाल्दै लग्यो, मलाई पनि तिमी प्रतिको जिम्मेवारी महसुस हुदै गयो र बिस्तारै बिस्तारै तिमी प्रति माया खन्याउन र अभिभाकत्व निर्वाह गर्न कुनै कसर छोडिन, म तिम्रो प्रेममा चुर्रलुम्म डुबिसकेको थिए , त्यो कुरा पछिल्ला दिनहरुमा तिमीले पनि महसुस गरेको हुनुपर्छ। समाजको तगारोलाई बिस्तारै ढाल्दै तिमीलाई नै जीबन साथी बनाउने र छिट्टै अष्ट्रेलिया लैजाने प्रकृयामा थिए जुन मैले तिमीलाई सरप्राईज दिने योजनामा थिए । तर मलाई थाहा थिएन की तिमी मलाईनै यत्रो सरप्राईज दिदैछौ भनेर….मेरो पछाडी अरुनै गुल खेलाउदै छौ भनेर। मैले के सोचेको थिए भनी दिल्लीको शुशील भन्ने मानिस केवल एक काल्पनिक पात्र हो , केवल एक हौवा हो, तिमी र उस्को बिच केही छैन जस्तो लाग्थ्यो।

मलाई जलाउन मात्र प्रयोग गर्छौ भन्ने लाग्थ्यो तर तिमीले शुशिललाई तन मनले आफ्नो मानी सकेकी रहिछौ। त्यस्तो थियो त मलाई किन भनिनौ? मैले बिहे नगर भनेको कहिल्यै थिईन, तेस्तो तिम्रो अरु संग केही भए मलाई भन है भनेको थिए तर तिमीले साच्चीकै सुशीललाई मन दिई सकेकी रहिछौ,उसलाई बढी समय दिदा पछिल्लो समयमा म संग बोल्ने फुर्सद हुदो रहिन्छ । यी सबै कुराहरु सल्लाह संगै गरेको भए पनी मैले नाई भन्थिन, तिमीलाई हाँसी हाँसी आशिर्बाद दिन्थे। तर यो सब मेरो पछाडी गर्यौ, तिमी मेरो नजरमा यति गिर्यौ की मैले कुनै शब्दले ब्यक्त गर्न सक्दिन।अहिले कसम तिम्रो नाटक सम्झेर घिन लागेर आउछ, तिम्रो मायाको नाटक सम्झेर बान्ता हुन खोज्दैछ, तिमीलाई मैले सधै पबित्र मानेको थिए तर होईन रैछौ ।

तिमी मेरो नजरमा यति गिर्यौ की मैले कुनै शब्दले ब्यक्त गर्न सक्दिन।अहिले कसम तिम्रो नाटक सम्झेर घिन लागेर आउछ !

आफ्नो प्रेमीको पछाडी पर पुरष संग यसरी मन दिएर दिनहु घन्टौ कुरा गर्ने केटीहरु र पतिको अनुपस्थितिमा अरु सॅग सुत्ने आईमाई एकै हुन, मनबाट त सुतिसकेकै हुन्छन। मेलै तिमीलाई के चाहिन्छ? म बिहे गर्छु, बच्चा दिन्छु, सम्बन्ध सबै संग खुलाउछु, समाज संग लड्छु तर नजाउ प्लिज तिमी दिल्ली नजाउ भन्दा पनी मेरो अनुरोध लत्याएर गयौ नि ? मैले तिमीलाई गंगा जत्तिकै पबित्र मानेको थिए , मेरो मनमा तिमी प्रति अथाह माया थियो तर म गलत रैछु। तिमीले आफ्नो मन मेरो पछाडी अन्तै दिई सेककी रैछौ। मनमनै शुशील संग सुति सकेकी रैछौ, तिमी अपबित्र भैसकेकी रैछौ! मैले यति पबित्र र सच्चा मानेको मान्छे मेरो नजर बाट यस्तो नराम्रो संग गिरेर गयौ आज…..बस मलाई त्यै कुराले बहुत दुखी रहेको छ……..जे होस तिम्रो राम्रो होस….तिमीलाई कहिल्यै रुन नपरोस……तिमीलाई जति घृणा गरेनी, मुटुको कुनै न कुनै कुनामा तिमी सधै धड्कीनै रहने छौ…माया… मैले हाम्रो बिहे पुर्ब मलाई केही भईहालेमा तिमीलाई दिनु भनेर मेरो साथी कृष्णलाई तिम्रो नाममा पचास लाखको चेक काटेर छोडेको छु, तिमीलाई बाच्न सजिलो होस भनेर….तिमी दिल्लीबाट भ्यालेन्टाईन सकिएर आउदा मेरो पनि यहाँ दाहसस्कार सकिने छ …अल बिदा माया।

मरेपछि पनि तिमीलाई मायाँ गर्ने मान्छे
तिम्रो भुपु सुरेश……….

नबिन बिक

नबिन बिक लेखक तथा कबि हुन् । एनआरएनएका एक अभियन्ता हुन् ।

प्रतिक्रिया