एलिनाका पूर्वप्रेमीसँग नाम जोडिएर यस्तो भिडियो आएपछि मिस पबीले भनिन यस्तो कुरा (भिडियो सहित)

इनेप्लिज २०८० फागुन २ गते २:१३ मा प्रकाशित

गायिका एलिनाका पूर्वप्रेमी विष्णु सापकोटासँग नाम जोडिएपछि टिकटकर तथा मोडल मिस पबी (पवित्रा साँकी) ले आफ्नो सामाजिक सञ्जालमार्फत प्रष्टीकरण दिएकी छन् । उनले विष्णुसँग आफ्नो केही नभएको बताएकी छन् ।

उनले आफ्नो स्पष्टीकरणमा आफू बुवा भेट्न र एक चलचित्र छायांकनको लागि अष्ट्रेलियाको सिड्नीमा रहेको बताएकी छन् । सोही सिलसिलामा विष्णु सापकोटा लगायतको टीमसँग भेट भएको, बिजनेस प्रमोसनको भिडिओ बनाउन त्यहाँ बोलाएको र भिडिओ खिचिएको बताएकी छन् ।

टिकटकबाट चर्चामा आएकी मिस पबि र विष्णुको यतिबेला एक भिडिओ भाइरल भइरहेको छ । उक्त भिडिओमा विष्णु र पबि एउटा गीतमा रिल्स बनाउँदै रमाइलो गरिरहेको देख्न सकिन्छ । गत साता पोष्ट भएको सो भिडिओ अष्ट्रेलियामै खिचिएको हो । उनीहरूको जोडी भिडिओ देखेपछि धेरैले यी दुईबीच प्रेम सम्बन्ध हुनसक्ने अड्कालबाजी काटेका छन् । भिडिओ भाइरल भएसँगै आलोचनाको वर्षा पनि भइरहेको छ।

https://www.youtube.com/watch?v=6K98mwOS0pg

प्रतिक्रिया