टेक्ससको ह्युस्टन गिर्जाघरमा गोली चलाउने महिला बन्दुकधारीलाई प्रहरीले गोली चलाउदा मृत्यु

इनेप्लिज २०८० माघ २९ गते १३:४८ मा प्रकाशित

टेक्ससको ह्युस्टन गिर्जाघर(चर्च)मा गोली चलाउने महिला बन्दुकधारीलाई प्रहरीले गोली चलाउदा मृत्यु भएको छ । एबिसीन्यूजका अनुसार त्यहाँ कर्तब्यमा नभएका अर्थात् अफ ड्युटीमा रहेका प्रहरीले जोएल ओस्टिन लेकवुड चर्च(गिर्जाघर)मा महिला बन्दुकधारीलाई गोली हान्दा उनको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।

५ वर्षीय बालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । ह्युस्टनको गिर्जाघर(चर्च)मा सेवाका क्रममा गोली चलेको थियो । गत आइतवार दिउँसो टेक्ससमा महिलाले लामो बन्दुक प्रयोग गरेकी थिइन ।

प्रहरीका अनुसार ३० देखि ३५ वर्षका ती हतियारधारी महिला ह्युस्टनको लेकवुड गिर्जाघरमा दिउँसो २ बजेअघि नै प्रवेश गरेकी थिइन् । स्थानीय समय अनुसार प्रहरीसँगको गोली हानाहानमा ५ वर्षीय बालक गम्भीर घाइते भएका छन् ।

ह्युस्टनका प्रहरी प्रमुख ट्रोय फिनरका अनुसार घटनामा संलग्न रहेको विश्वास नगरिएका ५७ वर्षीय पुरुषलाई पनि गोली लागेको थियो तर उनको अवस्था स्थिर रहेको छ।

संदिग्धलाई गिर्जाघरमा सुरक्षामा काम गरिरहेका दुई जना कर्तब्यमा नभएका अर्थात् अफ-ड्युटी अधिकारीहरूले गोली हानेका थिए। उनलाई घटनास्थलमै मृत घोषित गरिएको थियो, फिनरले भने।

फिनरका अनुसार घाइते बालकलाई स्थानीय अस्पतालमा गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ। संदिग्ध व्यक्तिले आफूसँग बम रहेको दाबी गरेकी थिइन् तर फिनरका अनुसार प्रहरीले कुनै पनि विस्फोटक पदार्थ फेला पारेन।

चर्चमा दिउँसो २ बजेभन्दा केही समय अगाडि गोलाबारी भएको थियो। ओस्टिन लेकवुड चर्च संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो चर्चहरू मध्ये एक हो।

प्रतिक्रिया