सकियो ‘स्कुुल मिट एक्सपो २०२४’, ५ हजारबढी अभिभावक र बिद्यार्थीले गरे अवलोकन

इनेप्लिज २०८० माघ २९ गते ११:०५ मा प्रकाशित

काठमाडौँ। ललितपुरको जाउलाखेलस्थित फुटबल ग्राउण्डमा पहिलो पटक आयोजित ‘स्कुुल मिट एक्सपो २०२४ (स्कुल मेला)’ आइतबार सकिएको छ । गत शुक्रबारबाट सुरु भएको मेलाको उद्घाटन काठमाडौँ महानगरपालिकाको उपमेयर सुनिता डंगोलले गरेकी थिइन् । कार्यक्रममा उपमेयर डंगोलले स्कुल मेलाले अभिभावकहरुलाई स्कुलको बिषयमा बिभिन्न जानकारी एकै थलोमा उपलब्ध हुने भएकोले समयको बचत समेत गर्ने धारणा राखेकी थिइन् । उनले मेलाले आगामी समय पनि निरन्तरता पाउनु पर्ने धारणाराखेकी थिइन् ।

आरए इभेन्ट म्यानेजमेन्टको आयोजना र रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको परिकल्पना एबं ब्यावस्थापन रहेको ‘स्कुल मिट एक्सपो २०२४’ बिद्यार्थी र अभिभावक गरेर उपत्यकाका २० बढी स्कुलका ५ हजार बढीले अवलोकन गरेका छन् । एक्सपोमा उपत्यकाका बिभिन्न १९ स्कुलको स्टल रहेको थियो । विषेश गरेर ब्यस्त रहने अभिभावकको समय बचत गर्दै बच्चाहरुको लागि उचित स्कुल छान्ने अवसर एक्सपोले प्रदान गरेको आयोजक तथा इन्टरनेशनल मोडल तथा फेसन कोच राज फैजुले बताए । अहिले सहभागी हुन नपाएको ३० भन्दा बढी स्कुलले अर्काे पटक सहभागी हुने जानकारी दिएका फैजुको भनाई छ ।

एक्सपोमा बच्चाहरुका लागि गेम जोन, फुटसल लगायतका बिभिन्न स्टलका अलवा फुटकोट समेत राखिएको थियो । एक्सपो बच्चा र अभिभावको क्वालिटी समय सदुपयोगका लागि पनि आयोजना गरिएको आयोजकको भनाई छ ।
एक्सपोका लागि अभिभावक तथा बिद्यार्थीहरुको रेस्पोन्स राम्रो रहेकोले अगामि दिनमा पनि निरन्तरता दिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया