बिहीबार बेलुका ‘दयारानी’ फिल्मको प्रिमियरमा सेलिब्रेटीको उपस्थिति खचाखच रह्यो । अभिनेत्री प्रियंका कार्की सारीमा सजिएर आमासँगै प्रिमियरमा पुगेकी थिइन् ।
अभिनेत्री केकी अधिकारी कालो टिसर्ट र प्यान्टमा आकर्षक देखिएकी थिइन् । प्रियंका र केकी एकसाथ देखिए । यी दुई अभिनेत्री एकसाथ हुँदा मिडियाले पछ्याउनु स्वभाविक हो ।
यी दुई अभिनेत्री केही प्रश्नले घेरिए । केकीलाई सञ्चारकर्मीले ‘बेबी प्लान’बारे सोधे । ममी हुनुको अनुभव बोकेकी प्रियंकाले भने केकीको ‘बेबी प्लान’को योजनालाई समर्थन गरिन् ।
केकीलाई बच्चाको योजनाबारे सोध्दा प्रियंकाले दबाबमा कहिल्यै पनि बच्चा नपाउन सल्लाह दिइन् । उनले भनिन्, ‘प्रेसरले कहिल्यै पनि बच्चा पाउनु हुँदैन । तपाईं यसका लागि रेडी हुनुपर्छ ।’
केकीलाई तपाईंको सल्लाह के हुन्छ भनेर सोधिएको अर्को प्रश्नमा प्रियंकाले भनिन्, ‘त्यो सल्लाह भनेकै प्रेसर हो । ऊ रेडी भएपछि त बच्चा पाइहाल्छ नि । कहाँ यहाँ आएर इन्टरभ्यु दिएर बस्छ ।’
प्रतिक्रिया