कस्तो न राम्रो खबर: आफ्नै दाइको बला त्कारबाट २५ वर्षीया बहिनी गर्भवती (भिडियो सहित)

इनेप्लिज २०८० माघ २७ गते ११:४५ मा प्रकाशित

धादिङको थाक्रेस्थित आग्राखोलामा बस्ने एउटा परिवारमा दर्दनाक घटना भएको छ । दाइको बलात्कारबाट २५ वर्षीया युवती गर्भवती हुन्छिन् । बच्चा जन्माउन अस्पतालमा जाँदा ७ महिनाको नवजात शिशुको मृत्यु हुन्छ । त्यसपछि माघ २० मा उनले आफूमाथि बलात्कार गर्ने दाइको १३ महिने छोरालाई अपहरण गरेर काठमाडौँ ल्याउँछिन् ।

पीडितले नाबालकलाई काठमाडौँमा ल्याएर उनका साथिहरु कमल बिक र शारदा क्षेत्रीको डेरामा छाडिन् । तनहुँ घर भएर रातोपुल नजिकै बस्ने २७ वर्षीय कमल र ३३ वर्षीया शारदा पति–पत्नी हुन् । माघ २१ मा बिहान ३ बजेतिर वाकिङमा निस्केकाहरुले रातोपुलस्थित फोहोर फाल्ने ठाउँमा बालक रोएको आवाज सुनेपति प्रहरीलाई खबर गरे । अस्थाई प्रहरी पोष्ट रातोपुलबाट खटिएको टोलीले नाबालकलाई उद्धार गरे । बालकलाई काठमाडौँबाट ल्याएर आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम मिश्रले रातोपाटीलाई बताए ।

प्रहरीले बलात्कारमा संलग्न ३३ वर्षीय दाजु र बलात्कृत बहिनीसहित ५ जनालाई पक्राउ गरेको छ । दाजुलाई हाडनातामा बलात्कार मुद्दामा म्याद लिएर अनुसन्धान सुरु गरिएको एसपी मिश्रले जानकारी दिए । बलात्कार आरोपी दाइ माघ २१ मा पक्राउ परेका हुन् । बलात्कृत तर, अपहरणमा संलग्न युवतीलाई माघ २४ मा पक्राउ गरेर प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा चलाएको छ ।

https://www.youtube.com/watch?v=bBB7InWvQRE

प्रतिक्रिया