क्यानडामा नेपाली महिलाहरू नेपाल चिनाउँदै

इनेप्लिज २०८० माघ २५ गते २२:२७ मा प्रकाशित

सुरेन उप्रेती अल्वर्टा क्यानडा

जनवरी २८ तारिख २०२४ आइतवारका दिन क्यानडामा नेपाल चिनाउने एक ऐतिहासिक कार्यक्रम सम्पन्न भयो । क्यानडाको राजधानी रहेको प्रान्त हो अन्टारियो । अन्टारियो प्रान्तको राजधानी भने टोरन्टो शहर हो । टोरन्टोको ब्राम्टन शहरमा Mrs Nepal प्रतियोगिता भएको थियो । उक्त प्रतियोगिता WESDO( Women’s Education & Skill Development Organization)  र NFH (Nepal Fashion Home) को संयुक्त आयोजनामा सम्पन्न भयो । क्यानडाको व्यस्त समयका बाबजूद भएको यस कार्यक्रमको फिनाले कार्यक्रममा  चारसय भन्दा बढी मानिसहरूका उपस्थिति सहित भव्यरूपमा कार्यक्रम सम्पन्न भयो ।

आफ्नो क्षेत्रमा बैशिष्ठता प्राप्त गरेका प्राध्यापक निरा शर्मा,  डाक्टर संगिता  धौबडेल, सुभेक्षा भट्ट ,र निलु केशरी  निर्णायक हुनु हुन्थ्यो । क्यानडाका लागि नेपाली कार्यवाहक राजदूत रोजिना ताम्राकारको प्रमुख आतिथ्यमा कार्यक्रम सम्मन्न भएको थियो । कार्यक्रममा छनोटबाट छ जना उत्कृष्ट प्रतियोगिहरूलाई एउटा  संसारमा के को कमी छ भन्ने प्रश्न सोधिएको थियो ।  उत्तरमा  सहानुभूति , अरूको भावना र अनुभवलाई महशुष गर्ने क्षमतामा कमी छ । हामी एक अर्काको अन्तर सम्बन्ध नै बिभाजित हुँदै गएको समाजमा बस्दछौँ । समझ्दारी र कुरूणा धेरै पछाडि छ । सहानुभूतिको संस्कृतिलाई बढवा दिएर एउटा यस्तो  ठाउँको सिर्जना गर्नु पर्दछ जहाँ सबैले सुन्ने बुझ्ने र स्विकार गर्न र महशुष गर्न सक्नु पर्छ भनी उत्तरहरू प्राप्त भएका थिए ।

कार्यक्रममा बिजयता एवम् फ्रेण्डशिपमा सृष्टी श्रेष्ठले ताज हात पारेकी थिइन् । फस्ट रनरअप र फोटोजनिकमा  अलिशा राजभण्डारी, सेकेण्ड रनरअपमा रस्मी थापा, टेलेण्टेडमा यमी कर्माचार्य र पब्लिक च्वइसमा श्याम लिम्वुले जित हातपारेका थिए  ।

मिसेज ट्यालेण्ट सौन्दर्यको ताज पाउने उनै सुन्दरी हुन जसले २०१९मा  नेपालको पहिलो The Super Mom Nepal 2019 को ताज हातपार्न सफल यमी कर्माचार्य हुन  । यमी बर्मामा जन्मिएकी बर्मेली चेली हुन भने नेपालकी बुहारी हुन । हेटौडाका राज कर्माचार्यसँग बिवाह बन्धनमा बाँधिएकी यमी क्यान्सर सर्भाइभर पनि हुन् । आफ्नी १४ बर्षिय छोरीलाई क्यान्सरबाट नै गुमाउन बिवश यमीले ब्रेष्ट क्यान्सरबाट पिडित बन्नु पर्यो । लामो र कठोर संघर्षबाट क्यान्सरलाई परास्त गर्न सफल यमीले क्यान्सर मुक्त भएको आठ बर्ष पुगेको छ । उनको उधेश्य भनेको क्यान्सर पिडितहरूलाई आत्मबल बढाउनु र क्यान्सरबाट मुक्त हुन प्रेरणा दिनु हो । उनको अर्को ठूलो योजना भनेको ब्रेष्ट क्यान्सर पिडितहरूलाई Breast Prosthesis  बनाएर नेपालको ब्रेष्ट क्यान्सर पिडितहरूलाई वितरण गर्नु रहेको छ ।  उनले चाँडैनै क्यानसरको रोकथाम कार्यक्रमलाई निरन्तरता दिन Prima Foundation को Website बनाएर सामाजिक संजाल मार्फत सबैलाई सेवा पुर्याउने अठोट लिएकी छन् ।

कार्यक्रममा WESDO ( Women’s Education & Skill Development Organization) का अध्यक्ष चन्द श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो ।  त्यस्तै गरी कार्यक्रमको आवश्यक्ता र ‌औचित्यमाथि नेप्लिज फेसन होमका अध्यक्ष हेमा मानन्धरले प्रकाश पार्नु भएको थियो । कार्यक्रममा प्रमुअ अतिथि कार्यवाहक राजदुत रोजिना ताम्राकारले यस्ता कार्यक्रमहरूले आत्मबल बढाउनुका साथै नेपाल र नेपालीहरूलाई बिश्वसामू पहिचान गराउँछ भन्दै सबै बिजयताहरू र सहभागीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता र सहयोग रहेको थियो ।

प्रतिक्रिया