गिभिना मगरलाई के भयो फेरी? एक्कासी रुदै आइन लाईभमा, डाक्टर यसो भन्छन् (भिडियो साहित)

इनेप्लिज २०८० माघ २४ गते २३:१३ मा प्रकाशित

अभियन्ता गिभिना मगरको एउटा भिडिओ अहिले चर्चामा छ, जसमा उनले आफूलाई क्यान्सर भएको बताएकी छन् । केही दिनअघि उनी अचानक अस्वस्थ भएर वीर अस्पताल भर्नासमेत भएकी थिइन् ।

सार्वजनिक भएको भिडियोमा गिभिनाले भनेकी छन्, ‘मलाई बाँच्न मन छ । आमाको अधुरो सपना पूरा गर्न मन छ । सकेसम्म एक मुट्ठी सास रहुञ्जेल म रोगसँग लड्ने हिम्मत राख्नेछु । तपाईंहरुको माया र साथ मेरो साथमा छ । अब मेरोमात्रै ८ वटा किमो बाँकी छ । ८ वटा किमो चढायो भने डाक्टरले बाँच्छस् भन्नुभएको छ । मलाई हौसला बढिरहेको छ ।’

यो भिडियोको कमेन्टमा धेरैले गिभिनालाई स्वास्थ्यलाभको कामना गरेका छन् । तर, भिडियो क्लिप कहिलेको र कुन सन्दर्भको हो भन्ने खुलेको छैन । मानिसले विभिन्न अड्कलबाजी गरे पनि गिभिना मौन छिन् । कुनै प्रष्टीकरण दिएकी छैनन् । उनको मोबाइलमा पनि सम्पर्क हुन सकेन ।

हालैमात्र गिभिना रुँदै लाइभमा आएकी थिइन् । उनले आफूलाई कुनै रोग बल्झिएको बताउँदै निराशाजनक कुरा गरेकी थिइन् । त्यसको भोलिपल्ट उनी वीर अस्पतालको इमर्जेन्सीमा पुगेको समाचार आयो । उनलाई बेहोश अवस्थामा प्रहरीले अस्पताल पुर्‍याएको थियो । यद्यपि, उनी छिट्टै सञ्चो भएर अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् ।

https://www.youtube.com/watch?v=J48e_LbQGrs

प्रतिक्रिया