मैले पढेको महेन्द्र भवन स्कुल र हिमानी शाहको त्यो अंन्तरवार्ता !

इनेप्लिज २०८० माघ २४ गते ०:३० मा प्रकाशित

मैले धेरैपटक झट्ट सुनेको कुनै कुराले तुरून्तै अतितका दिनहरूको मिठो / नमिठो याद दिलाएको अनुभव गरेको छु । त्यस्तै अनुभव मनिषा कोईरालाले हिमानी शाहसँग केही दिन अगाडी लिएको अंन्तरवार्ता हेरि रहँदा भयो ।

अंन्तरवार्ताको क्रममा मनिषाले “समानताको बिषय उठाउँदा “ हिमानीले महेन्द्र भवन स्कुलमा पढ्दा कक्षा सकिएपछि सबै मिलेर कोही कुचो लगाउने, कोही बाल्टीमा पानी ल्याउने र सफा गर्ने चलन थियो भनिन। ओहो, उनको त्यो भनाईले मलाई आफु पढेको स्कुल र त्यो समय झल्लझल्ती याद दिलायो । हुन पनि हाम्रो स्कुल उनले भने जस्तै नै त थियो । सबै काम मिलीजुली गर्नु पर्ने !

उनको त्यो भनाईले मलाई आफु पढेको स्कुल र त्यो समय झल्लझल्ती याद दिलायो । हुन पनि हाम्रो स्कुल उनले भने जस्तै नै त थियो । सबै काम मिलीजुली गर्नु पर्ने !

हिमानी शाहलाई मैले युवराज्ञी हुनुभन्दा अगाडी देखि चिनेको हो । म मात्र हैन, त्योबेला महेन्द्र भवन स्कुल पढ्ने सबैले उनलाई साथी, बहिनी , दिदीको रूपमा चिनैकै हुन्। उनी म भन्दा जुनियर कक्षामा थिईन । हाम्रो स्कुलमा सिनियर कक्षामा पढ्नेलाई दिदी र जुनियर कक्षामा पढ्नेलाई बहिनी भन्ने चलन थियो । सिनियर कक्षाको दिदी हुनाले उनलाई देख्दा वा कुरा गर्दा कति पटक बहिनी भनियो होला । धेरै कुरा याद त छैन तेती अहिले । स्कुल सकियो, सबै आआफ्नै संसारमा यताउता लागियो । पछि थाहा पाईयो उनको राज परिवारसँग वैवाहिक संम्बन्ध गाँसिएको रहेछ ।

मैले पढेको होस्टेल सहित भएको पहिलो केटीहरूमात्र पढ्ने स्कुल “महेन्द्र भवन कन्या माध्यमिक बिधालय” राजा महेन्द्रको पालामा छोरा सरह छोरीहरूले पनि पढ्न पाउन भनेर आजभन्दा ७०-७५ बर्ष अगाडी काठमाडौंको ज्ञानेश्वरमा खोलिएको हो । स्कुलमा नर्सरीदेखि दशसम्म एक हजार जना पढ्न मिल्ने र दुई सय जना होस्टेलमा बस्न मिल्थ्यो । उहिले केटीहरूमात्र पढ्थे । आजकल चाहीं केटाकेटी दुबै पढ्ने गर्छन् । नाम पनि परिवर्तन छ ।

कति दूरदर्शी रहेछन् राजा महेन्द्र ! हुन पनि महेन्द्र भवन लगायत देशैभर केटीहरू मात्र पढ्ने स्कुल र क्याम्पसहरू खोलिदिएको हुनाले त लाखौं हामी जस्ता सर्वसाधारण नेपालीका छोरीहरूले शिक्षाको सुनौलो ज्योति लिन पायौं ।

कति दूरदर्शी रहेछन् राजा महेन्द्र ! हुन पनि महेन्द्र भवन लगायत देशैभर केटीहरू मात्र पढ्ने स्कुल र क्याम्पसहरू खोलिदिएको हुनाले त लाखौं हामी जस्ता सर्वसाधारण नेपालीका छोरीहरूले शिक्षाको सुनौलो ज्योति लिन पायौं । नेपालीका छोरीहरू पनि छोराहरूभन्दा के कम , पढेलेखेर घर परिवार साथै नँया पुस्तालाई सम्हालेर बसिरहेका देखि डाक्टर, ईन्जिनियर, वकिल, बैंकर नर्स आदी प्रोफेशन अपनाई बिभिन्न उच्च ओहोदामा जागिर गरिरहेका महिलाहरूको संख्या निक्कै नै छ ।

अरू स्कुल जस्तै हाम्रो स्कुलमा पढाईमात्र हुँदैनथ्यो । छोरीहरूलाई दैनिक जीवन जिउन काम लाग्ने व्यवहारिक शिक्षा घर सजावट, सरसफाई, पकाउने, सिलाई, बुनाई आदी देखि अतिरिक्त क्रियाकलाप खेलकुद, नाचगान , पब्लिक स्पिकिंग, हाजिरी जवाफ आदी अनेक प्रतियोगिता गराएर सक्षम र स्वावलंवी बनाईन्थ्यो ।

केटीहरूले आफ्नो देश नेपाललाई माया गरून र नेपालीपन सिकुन भनेर हो की पढाई नेपाली भाषामा नै हुन्थ्यो । पढाउने टिचरलाई सर, मिस हैन की गुरूबा, गुरूआमा भन्नु पर्र्थ्यो । स्कुलको खेलकुदको टिमलाई चारवाट फूलहरूको नाम लालुपाते, सयपत्री, गुनकेशरी र गुरासँ अनि चार रंग रातो, पहेंलो, हरियो, निलोमा छुट्याईएको थियो । तेस्तै होस्टेलको भान्छा कोठाहरूलाई पनि चारवटा रंगमा र नाम चाहीं नेपालका हिमालहरू कंचनजंघा, सगरमाथा, धौलागिरी र अन्नपूर्ण राखिएको थियो ।

अझ रमाईलो चाहीं होस्टेलमा केटीहरू सुत्ने कोठाहरूको नाम चाहीं शान्ति ,दया ,भलाई विश्वास ,प्रेम ,नम्रता , आनन्द र धिरज । त्यस्तै स्कुल ड्रेस घरेलुको नेपालमा बनेको सेता कपडामा घर्का भएको थियो । चौबन्दी चोलो र स्कट अनि सेतो कपडाको जुत्ता , खैरो स्वेटर । लामो कपाल हुनेले चिट्टिक दुईतिर बाटेर सेतो रिवन लगाउनै पर्ने , छोटो कपाल हुनेले पनि सेतो रिवनको फूल बनाएर अनिवार्य लगाउनै पर्र्थ्यो । ओहो, स्कट घुँडा छोपिएको हुनै पर्ने । छोटो लगाएको देखेमा कहिलेकाहीं त कुटाईसम्म भेटिन्थ्यो ।

ओहो ! स्कुलमा यस्तो कडा अनुशासन थियो, कुरै नगरूम । केही बदमाशी गरेको थाहा पाएमा कहिले सबैले सजाय पाउने, कहिले एक्लाएक्लैले ! त्योबेला त कति रिस उठ्थ्यो । आजकल त धन्यवाद भन्छु स्कुल र ती गुरूबा गुरूआमाहरूलाई । सयौं अर्काका छोरीहरू जिम्मा लिएर सही तरीकाको शिक्षा दिनु सजिलो त कँहा थियो होला र ।

तर त्यस्तो कडा भईकन पनि गुरूआमाहरू असाध्यै व्यवहारिक र माया पनि गर्ने हामी केटीहरूलाई । म त आफु होस्टेल बसेको , उबेला हामी केटीहरू महिनावारी हुँदा कपडा प्रयोग गर्थ्यौं । अहिले जस्तो प्रयोग गरेर फाल्न मिल्ने सस्तो र सजिलो सेनेटरी प्याड बजारमा जताततै पाईन्नथ्यो । होस्टेलमा पहिलो पटक महिनावारी हुनेहरूसँग त कपडा नहुने , गर्ने के ? केटीहरू बिष्णु गुरूआमाकोमा पुग्थे । उँहाले कैयौंलाई आफ्नो पुरानो सारी काटेर दिएको देखेको थिंए ।

त्यस्तै त्योबेलाको नाम चलेको केटीहरूमात्र पढ्ने होस्टेल समेत भएको स्कुल, नेपालको (त्योबेलाको ७५ अहिले ७७ जिल्ला भएको छ ) बाट आएका केटीहरू र केही तिब्बती शरणार्थीहरूको छोरीहरू पनि पढ्थे । धनि, गरीब, बिभिन्न जातजाती, धर्म मान्ने सबै थरीका छोरीहरू पढ्ने र होस्टेलमा बस्थे ।

स्कुलको कम्पाउन्ट भित्र सानोतिनो बिभिन्न उमेरका समुहका महिलाहरू मिलेर बसेको समाज जस्तै नै थियो ।सबै काम मिलाजुली र बिभिन्न समुह बनाएर गर्नु पर्थ्यो ।

होस्टेलमा त खाना पकाउने, भाँडा माझ्ने, कोठा, बाथरूम, हिंडने प्यासेज, वरीपरी सरसफाई देखि आफ्नो कपडा आफै मिलाउने, धुने गर्नु पर्थ्यो । जे होस सबै काम आफै गर्नु परेकोले होस्टेलले केटीहरूलाई स्वावलंवी बन्न चाहीं निक्कै मद्दत गर्र्यो नै । उहिले नेपाली समाजमा भन्ने पनि गर्थे “महेन्द्र भवनमा छोरी पढायो भने बुहारी भएर निस्कन्छन् ।” तर खै तेस्तरी काम गर्दा पनि होस्टेल बस्ने केटीहरू पढाईमा पनि अब्बल नै हुन्थे । कक्षामा प्रथम, दोस्रो हुने कति त । त्यस्तै खेलकुद , नाचगान तिर पनि अगाडी नै हुन्थे घरबाट धाउने केटीहरू भन्दा ।

पढाउने टिचर चाहीं धेरै जसो भारत दार्जिलिंगतिरबाट आएका महिलाहरू र स्वास्थ बिभाग हेर्ने महिला नर्सहरू चाहीं विदेशी फिनल्यान्डतिरका थिए ।

अर्को रोचक पक्ष हाम्रो होस्टेलको , हामी त बाईवल पढेर हुर्केको नी । बाईवल धार्मिक पुस्तक भन्दा पनि त्यो बिहानको समयमा नैतिक शिक्षाको बारेमा पढाउँथे । एकआपसमा सहयोग, आदर गर्ने , कसैको रिस नगर्ने, नढाँट्ने, सबैलाई माया गर्ने आदी । कोही लजालु स्वभावका केटीहरूलाई बोल्न लाज नमानुन भनेर सबैको अगाडी आएर कुनै बिषयमा बोल्न पनि लगाईन्थ्यो ।

उहिले नेपाली समाजमा भन्ने पनि गर्थे “महेन्द्र भवनमा छोरी पढायो भने बुहारी भएर निस्कन्छन् ।” तर खै तेस्तरी काम गर्दा पनि होस्टेल बस्ने केटीहरू पढाईमा पनि अब्बल नै हुन्थे ।

स्कुल सन् १९५५ मा “युनाईटेड मिसन नु नेपाल” अंन्तरगत मिसिनरी संस्थाको सहायतामा खुलेको हुनाले पो हो की तेसरी बाईवल पढाउने गरिएको होस्टेलमा ? आजकल धर्म परिवर्तन आदी ईत्यादी निक्कै भईरहेछ भन्छन् नेपालमा , तर त्योबेला धर्म परिवर्तन गर्नु भनेर स्कुलले कहिल्यै, कसैलाई भन्दैन थियो । केही बिभिन्न जिल्लाबाट ल्याईएका गरीब, जेहेन्दार केटीहरू , जो विदेशीको सहायतामा पढिरहेका थिए तिनीहरू चाहीं क्रिश्चियन धर्म मान्ने र आईतवार ज्ञानेश्वरमा रहेको चर्च पनि जान्थे । शायद त्यो पनि सहायता गर्ने विदेशीलाई देखाउन कै लागि मात्र थियो होला की ? उनीहरू आजकल जुन धर्म मान्ने परिवारमा जन्मेका थिए , हिन्दु , बौद्ध आदी तेही धर्म मानिरहेको देख्छु ।

अझ होस्टेलमा जातजाती, छुवाछुत, धनी, गरीब बिभिन्न धर्म आदी भनेर कतै, कुनै भेदभाव गर्ने वातावरण नै थिएन । सबैलाई एकै , समान व्यवहार गरिन्थ्यो । मैले त होस्टेल छोडेपछि मात्र थाहा पाएको “दलित जात” भनेर समाजमा भेदभाव हुने रहेछ भन्ने । ठुलो कक्षाका दिदीहरूले सानो कक्षामा पढ्नेहरूलाई बहिनी भनेर माया र केयर गर्थें । जे होस मेरो महेन्द्र भवन स्कुलले धेरै नै योग्य छोरीहरू नेपाली समाजलाई दिएकै हो ।

त्यस्तै केही दिन अगाडी मनिषा कोईरालाले हिमानी शाहसँग लिएको त्यो अंन्तरवार्ताको कुरा गर्दा, मैले थाहा पाएसम्म हिमानी शाहले यसरी अंन्तरवार्ता दिएको यो नै पहिलो हो । धन्यवाद छ मनिषालाई, सधैं हँसिलो मुहारमा देखिने हिमानीमात्र हेर्न हैन की यसपाली उनको बिचार पनि सुन्ने मौका जुराईदिएकोमा ।

उँहाहरूको पृष्ठभूमी ( बिपीकी नातिनी र राज घरानाकी बुहारी ) बिर्सेर त्यो अंन्तरवार्ता हेरिरहँदा, जन्मभूमी नेपाल भएका, नेपालका दुई छोरीहरूले आफ्नो स्वगान कतै नगाईकन , अहिलेको नेपाल देशको हालत, जनताको परिस्थिति र अवस्थाको बारेमा चिन्ता माटो सुहाउँदो हिसाबले गरेको पाँए ।

“ हिमानी ट्रष्ट “ नामक सामाजिक संस्था खोलेर , त्यो संस्थाको माध्यमबाट नेपालका दुर दराजका गाउँ बस्तीहरूमा गएर सामाजिक सेवा कसरी गरिरहेकी रहिछिन् भन्ने बारेमा पनि सुन्न, बुझ्न पाईयो । त्यस्तै क्यान्सर जस्तो घातक रोगबाट बचेर, हिन्दी सिनेमामा तेत्रो बर्ष भारतमा बसेर काम गरिसकेकी मनिषा कोईराला, आजकल नेपाल देश बनाउन र आफुलाई लागेको क्यान्सर रोगको बारेमा जानकारी दिंदै हिंडिरहेकी रहिछन् ।

अन्त्यमा, त्यो अंन्तरवार्तामा मनिषाले के गरिन, हिमानीले के के भनिन आदी भनेर नकारात्मक टिकाटिप्पणी गरेर समय वर्वाद गर्नु भन्दा आफुले के चाहीं गरेको छु वा गर्न सक्छु होला त आफ्नो जन्मभूमी , मातृभूमी नेपालको लागि , त्यता तिर पो सोच्ने की सबैले !

शशी के.सी

प्रतिक्रिया