मदन कृष्ण श्रेष्ठको शब्द तथा सराना श्रेष्ठको स्वरमा तिमी जून जस्तै लाग्छौ प्यारो नामक गीत सार्वजनिक

इनेप्लिज २०८० माघ २४ गते ०:१६ मा प्रकाशित

नेपालका ख्याती प्राप्त वरिष्ठ हास्य कलाकार तथा गायक ,गीतकार मदन कृष्ण श्रेष्ठको शब्द ,छोरा यमन श्रेष्ठको सङ्गीत तथा छोरी सराना श्रेष्ठको स्वरमा तिमी जुन जस्तै लाग्छ नामक गीत सार्वजनिक गरिएको छ ।

पीताको शब्द ,छोराको संगीत तथा छोरी सरानाको स्वर रहेको उक्त गीत मदन कृष्ण श्रेष्ठकी आफ्नी पत्नी तथा छोरा यमन तथा छोरी सरानाकी ममतामयी स्व आमाको लागि समर्पित रहेको यो गीत गत जनवरी २०,२०२४ मा सार्वजनिक गरिएको हो ।

झन्डै ७ बर्ष अगाडी मलाशय अर्बुद रोग (रेक्टम क्यान्सर)बाट माताको निधन भएको थियो । छोरी सरानाले अत्यन्तै भावुकता सँग आमा एक धेरै साधारण व्यक्ति र एक सच्चा योद्धा थिइन् भन्दै केही लेखेकी छिन ।

आमा हाम्रो जीवनबाट यति चाँडो जान दिन हामी सबैका लागि धेरै गाह्रो भएको भन्दै तपाई जहाँ भए पनि सदैव सम्झि रहन्छौ र माया गर्छौ भन्दै श्रब्यदृश्यमा लेखेकी छिन् ।

गीत —————

तिमी जून जस्तै लाग्छौ प्यारो
तिमी जून जस्तै छौ शितल
तर जून जत्ति नै टाढा
निक्कै टाढा, धेरै टाढा
टा… … ढा छौ तिमी

प्रतिक्रिया