आफ्नो मृत्युको भ्रम फैलाएकी पुनम पाण्डे विरुद्ध प्रहरीमा उजुरी ? (भिडियो सहित)

इनेप्लिज २०८० माघ २३ गते २३:०७ मा प्रकाशित

पुनम पाण्डेका लागि फण्डा नौलो कुरा होइन । सुरुदेखि उनको करिअर फण्डा वरपर घुमिरहेको छ । पछिल्लो फण्डा भने उनी स्वयंका लागि महंगो पर्ने देखिन्छ । फ्यान, सर्वसाधारण र बलिउडकर्मी उनीप्रति आक्रोशित छन् । आफ्नै इन्स्टाग्राम ह्याण्डलबाट आफ्नो मृत्युको भ्रम फैलाएकी पाण्डेले भोलिपल्ट शनिबार आफू जीवितै रहेको खबर पोस्ट गरिन् । यो धेरैका लागि एकैसाथ अचम्भित पार्ने र रिस उठाउने खबर थियो ।

मृत्युको हल्ला चल्न थालेलगत्तै कतिपयले भने यो फण्डा हुनसक्ने अड्कल काटेका थिए । उनको मृत्यु भएको हो भने शव कहाँ छ भनेर आशंका गरिएको थियो । उनको परिवारका सदस्यको मोबाइल अफ थियो भने कोही सम्पर्कविहीन थिए । यस्तो हुँदा यो कुरा धेरैका लागि रहस्यमय बनिदियो ।

पाठेघरको मुखको क्यान्सरविरुद्ध सचेतना फैलाउन आफूले प्र्यांक गरेको भन्दै शनिबार दिउँसो पुनमले भिडियो सन्देश जारी गरेकी थिइन् । यसलगत्तै बलिउड उनीप्रति आक्रोशित छ ।

https://www.youtube.com/watch?v=8WfJ4YEKln4

प्रतिक्रिया