अचानक बल्छी धुर्वे पुकुलाई लिएर अष्ट्रेलिया उडे (भिडियो सहित)

इनेप्लिज २०८० माघ २३ गते २:३० मा प्रकाशित

नेपाली टेलिश्रृंखलाका चर्चित कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ एक महिना लामो बसाइका लागि आइतबार अष्ट्रेलिया उडेका छन् । ‘हल्का रमाइलो’ फेम्ड पुजन घिमिरे ‘पुकु’लाई लिएर सिड्नी उडेका हुन् ।

अष्ट्रेलिया बसाइमा उनले ‘हल्का रमाइलो’को केही एपिसोड र एक नयाँ सिरिज सुटिङ गर्ने, आफैंले गाएको एक म्युजिक भिडियो पनि खिच्ने र कार्यक्रममा सहभागी हुने उनको योजना छ ।

अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थी आउँदा-जाँदादेखि त्यहाँ अध्ययन र कामका लागि गर्ने संघर्ष र जीवनशैलीलाई उनले एक घण्टाको नयाँ सिरिजमा समावेश गर्ने भएका छन् ।

‘अष्ट्रेलियामा रहेका विद्यार्थीको राम्रो र नराम्रो दुवै पक्षलाई केलाएर एउटा कार्यक्रम बनाउँछु । यसपटक सिरिज नै बनाउने हो । यससँगै हल्का रमाइलोका केही एपिसोड सुट गर्ने तयारी छ,’ उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले भने ।

यीबाहेक सिड्नी, मेलबर्न र क्यानबेरामा यूटीसी नामक संस्थाले बल्छी धुर्वेलाई लिएर कार्यक्रम गर्दैछ । विदेश जाने भएपछि उनी केही सातादेखि ‘हल्का रमाइलो’को केही स्टक एपिसोड छायांकन र लेखन गर्नमा उनी व्यस्त थिए ।

https://www.youtube.com/watch?v=gERJZ6uA1zk

प्रतिक्रिया