आधा दुस्ख घटाएरमा सम्राट, लालना चिमरिया र सुरविर पण्डित

इनेप्लिज २०८० माघ २० गते ९:२७ मा प्रकाशित

काठमाडौँ । गायक किरण भुजेलको स्वर रहेको गीत आधा दु:ख घटाएरको भिडियो सार्वजनिक भएको । बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीत सृजना रहेको गीतमा शब्द सिएल शर्माको रहेको छ । सार्वजनिक गीत मेल भर्सनमा तयार पारिएको हो । यस अघि फिमेल भर्सनमा गायिका रचना रिमालले स्वर दिएकी थिइन् । जसमा एरेन्ज संजिब बराइलीको रहेको छ भने मिक्सिङ तथा मास्टरिङ किशोर थापाको रहेको छ । त्यस्तै भिडियोमा सम्राट अधिकारी, लालना चिमरिया, सुरविर पण्डित, सान्नानी आचार्य, आाशा रोकाको अभिनय रहेको छ ।

अन्तारजातीय प्रेम गरेका जोडीलाई परिवारले अस्विकार गरेपछि भोग्नु परेको असहज परिस्थितीको वर्णन गरिएको छ । जहाँ अप्ठ्यारो अवस्थामा पनि प्रेम मर्दैन भन्ने कुरालाई निर्देशक शिशिर खातीले कलात्मक शैलीमा देखाउन खोजेका छन् । भिडियोको सम्पादन तथा कलरिगं मनोज कार्कीले गरेका हुन् भने भिडियो बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको अफिसियल च्यानलबाट बजारमा आएको हो ।

प्रतिक्रिया