भ्यालेन्टाईन डे” नजिकिदै गर्दा शान्ती श्री परियार र लेख काफ्लेको रमाइलो लोक भाकाको “चुईगम चपार” गीत सार्वजनिक

इनेप्लिज २०८० माघ १९ गते २३:३६ मा प्रकाशित

केटीः चुईगम च’पार, मर्छौ कि के हो मलाई नपार।
केटाः चुईगम च’पार, मरेतुल्य छु तिम्लाई नपार ।

यो भ्यालेन्टाईनमा कसैलाई नपाएर मरेतुल्य हुनुहुन्छ वा कोही तपाईलाई नपाएर मर्न लागे झै छ ?

लोकप्रिय गायिका शान्न्ती श्री परियार र गायक लेख काफलेद्वारा गाईएको लोक भाकाको गीत “चुईगम च’पार”सार्वजनिक भएको छ। लेख काफ्लेको अफिसियल युट्युब च्यानलबाट रिलिज उक्त गीतमा शब्द गायक स्वयमको र संगीत तथा संकलन नाद प्रोडक्सनका किरण भुसालको रहेको छ । साथै, मिक्सिङ तथा मास्टरिङ भने प्रिज्म स्टुडीयोका श्याम श्वेत रसाइलीले गर्नु भएको छ ।

ललितपुरको लेलेको रमणीय स्थलमा छायांकन गरिएको गीतको भिडियोमा उषा उप्रेती, जुना सुन्दास, विजय पुन र लेख काफलेको अभिनय रहेको छ । भिडियोमा आवारापन र एकतर्र्फी मायाको रमाइलो कथाबस्तुलाई निर्देशक मौशम हिमालीले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् ।

भिडियो हेर्नुहोस :

https://www.youtube.com/watch?v=QUhgjxFz5vQ

प्रतिक्रिया