हरिराम र बबिनाको ‘पिरतीको गीत’ सार्वजनिक (भिडियो सहित)

इनेप्लिज २०८० माघ १९ गते १२:२६ मा प्रकाशित

प्रेमकै पर्यायवाची शब्दहो पिरती । पिरती या प्रेम या मायालाई व्यक्तगर्ने अरु पनि धेरै शब्द होलान्, ती सबैको निष्कर्ष हो प्रेमिल भाव । जव कोहि प्रति प्रेमका भावहरु मनले संगाल्छ उ नै उसको संसार हुन्छ, मुटु साटासाट हुन्छ, कलेजी त कहिले यता कहिले उता ओहोर दोहोर भइरहन्छ । आफ्ना प्रेमी या प्रेमिकालाई पिरतीको गीत मात्रह ोइन सिंगो जीवनका गीत सुनाउन मन लाग्छ, मनका सारा भावनाहरु छताछुल्ल पोख्न मन लाग्छ, उनीमै हराउन मन लाग्छ, उनको चाह र उनको खुसी भन्दा ठुलो अरु केहि लाग्दैन । प्रेममा मुटुको खुवै चर्चा हुन्छ किनभने मुटुले नै प्रेमिल भाव उब्जाउँछ, मुटुले नै प्रेम या प्रीत महशुष गर्छ, प्रेममा हलचल आउँदा मुटुमा नै हो पराकम्प आउने ।

मुटु नै हाम्रो सवभन्दा महत्वपूर्ण अंग, मुटु धड्किन्छ र त हामी जिवित छौ, यति महत्वपूर्ण अंग बन्धकी लिने र दिनेको सम्वन्ध झन् कति गहिरो होला मुटु देखि, मुुटु भरिको, मुटुको गहिराईबाट, मुटुको कुना कुनाबाट, मुटुको हर धड्कन देखि एकअर्कालाई मायालु भाव उर्लाउदा कत्ति प्रेमिल हुन्छ होला? सधै उनी मुटुमा भएको, मुटुको हर धड्कनमा महशुष गरिएको, उनकै मुटुबाट पलाएको मायालुपनले आफ्नो मुटुलाई शितलता दिएको..आफ्नो मुटुले उनी प्रति र उनको मुटुले आफू प्रति मायालु भावहरु उब्जाएको निकै गहिरो भाव ‘पिरतीको गीतमा’ समेटिएको छ ।

गीतकार हरिराम पौडेलले लेखेका मुटुका प्रेमिल भावहरुलाई पछिल्लो समय विभिन्न सुमधुर गीत र भजन सहित नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बबिना भट्टराईको स्वर तथा संगीतमा ‘पिरतीको गीत’ बोलको आधुनिक गीत सार्वजनि कभएको छ । बबिना भट्टराईको अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतको एरेन्ज सञ्जय श्रीपालले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ । म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्डिङ गरेका उक्त गीतको भिडियो जस्केलो क्रियशनद्धारा निर्माण गरिएको हो । गीतको भिडियोमा बबिना आफै फिचर्ड छिन् । ‘पिरतीको गीत’बबिना भट्टराईको अफिसियल युट्व च्यानलमा हेर्न सकिन्छ ।

‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी….’ बोलको अविनाश थापाको शब्द तथा दिपक शर्माको संगीतमा पहिलो गीत गाएकी बबिनाकोे १५ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् । संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ..हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्, श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने उनका व्यवसायिक गीतहरु उनको आफ्नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् ।

प्रतिक्रिया