अस्पतालबाटै बिरामीलाई डाक्टरसहित प्रकाश भुजेलकहाँ लगिएको चर्चा, के हो वास्तविकता ? (भिडियो सहित)

इनेप्लिज २०८० माघ १८ गते २३:२६ मा प्रकाशित

बि एण्ड बि अस्पतालले अस्पतालबाटै बिरामीलाई डाक्टरसहित प्रकाश भुजेलकहाँ लगिएको चर्चा गलत रहेको बताएको छ । बि एण्ड बि अस्पतालले मंगलबार विज्ञप्ति जारी गर्दै बिरामीलाई उपचार गर्न नसकी डाक्टरसहित एम्बुलेन्समा पठाइएको भन्ने कुराप्रति अस्पताल व्यवस्थापनको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । अस्पताले बिरामीको समस्याको समाधान नभएको भन्ने हाल्ला पनि गलत भएको दाबी गरेको छ ।

यस्तै अस्पतालले पुस २१ गते अस्पतालमा भर्ना भएर उपचार गराइ रहेका नरबहादुर गुरुङले माघ १४ गते अन्यत्र जानुपर्ने अनुरोध गरेकाले बिरामीको सुरक्षाको लागि कर्मचारीलाई एम्बुलेन्सको साथमा बाहिर पठाइएको उल्लेख गरेको छ । तर गुरु प्रकाश भुजेलकोमा उपचारका लागि गएको फेसबुकबाट जानकारी पाइएको अस्पताले प्रष्ट पारेको छ ।

अस्पताले भनेको छ,‘उहाँको मेरुदण्डको संक्रमण भएको र जाँचमा के कीटाणुले गर्दा संक्रमण भएको भन्ने पनि पुष्टि (कन्फर्म) भइसकेको छ । त्यसको लागि औषधी उपचार समेत भइरहेको जानकारी गराउन चाहन्छौँ । उल्लेखित बिरामी नर बहादुर गुरुङ अस्पतालबाट डाक्टरसहित यस अस्पतालमा उपचार हुन नसकी एम्बुलेन्समा पठाइएको भन्ने समाचार असत्य भएको र उक्त कुरा अस्पताल प्रशासनको जानकारीमा नभएकोले समाचार प्रति खेद प्रकट गर्दै सम्पूर्ण सर्व साधारणमा यथार्थ कुराको जानकारी गराउँदछौँ ।’

https://www.youtube.com/watch?v=uSOZrx9FfVY

प्रतिक्रिया