राजेन्द्र लिङ्देन लक्षित रेखाको टिप्पणी : ‘देशको माया हुनेले सन्तान अमेरिकामा किन राखेको ?’(भिडियो सहित)

इनेप्लिज २०८० माघ १६ गते २२:०७ मा प्रकाशित

अभिनेत्री रेखा थापाको ‘बेबी प्लान’लाई लिएर यतिबेला राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र रेखाबीच आरोप–प्रत्यारोप चर्किएको छ । पार्टीनिकट प्राज्ञिक परिषद्को कार्यक्रममा शनिबार लिङ्देनले पार्टी नेतृ समेत रहेकी रेखालाई लक्षित गर्दै कटाक्ष गरेका थिए ।

उनले भनेका थिए, ‘एकजना पूर्वगृहमन्त्रीको कुरा मात्र होइन, एक जना चर्चित कलाकारले बेबी प्लान भनेर पोस्ट गर्नुभयो, प्लेन उडेको देखाएर अमेरिका भन्नुभयो । नानी जन्माउन अमेरिका । जीवनमा एउटा महिलाले पहिलोचोटि प्राप्त गर्ने सन्तान यो धर्तीमा जन्माउन चाहँदैन । ऊ नेपाली नहोस्, नेपाली नहुनुमा आफ्नो सन्तानको भविष्य देख्छ भने देश र राष्ट्रियताको अवस्था कहाँ छ ?’

लिङ्देनले रेखाको नाम नलिएर यो कटाक्ष गरेका थिए । पार्टी नेतृ समेत रहेकी अभिनेत्री रेखा अहिले बेबी प्लानको योजनासहित अमेरिकामा छिन् । लिङ्देनको उक्त अभिव्यक्ति सार्वजनिक हुने बित्तिकै रेखाले पनि अमेरिकाबाटै आक्रोसित प्रतिक्रिया दिएकी छन् ।

उनले एक्समार्फत लिङ्देनलाई जवाफ फर्काएकी छन् । उनी लेख्छिन्, ‘देशको माया हुनेहरुले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो !! अमेरिकामा किन राखेको ?’

https://www.youtube.com/watch?v=6UusWzRLY8g

प्रतिक्रिया