रेखा थापालाई संकेत गर्दै लिङ्देनले भने- एउटी आमा आफ्नो सन्तान नेपाली नहोस् भनेर अमेरिका पुग्दैछिन् (भिडियो सहित)

इनेप्लिज २०८० माघ १६ गते २:१६ मा प्रकाशित

पहिलो सन्तान जन्माउन अमेरिका पुगेकी आफ्नै पार्टीकी नेता रेखा थापाप्रति राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले व्यंग्य र वास्तविकता मिश्रित कटाक्ष गरेका छन् । राष्ट्रियता सम्बन्धी प्रवचन कार्यक्रममा उपस्थित भएका लिङ्देनले अहिलेको राजनीतिक व्यवस्थाले नेपाल बस्न लायक देश नरहेको सन्देश नयाँ पुस्तामा गइरहेको बताउँदै रेखाको उदाहरण दिएका हुन् ।

राप्रपानिकट प्राज्ञिक परिषद्को कार्यक्रममा अध्यक्ष लिङ्देनले एक जना पूर्व गृहमन्त्रीले बुहारी लिएर अमेरिका गएको प्रसंग निकाल्दै नाति नेपालमा नजन्मियोस् भनेर उनले सुत्केरी गराउन बुहारी नेपालबाट अमेरिका लगेको बताए ।

https://www.youtube.com/watch?v=RXJWA2kOvSg

प्रतिक्रिया