दुर्गा प्रसाईँ र पूर्वराजा ज्ञानेन्द्र शाहको महत्वपूर्ण भेट

बेद प्रसाद घिमिरे २०८० माघ १५ गते २२:३९ मा प्रकाशित

व्यवसायी दुर्गा प्रसाईँ पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत आफ्नो अभियानमा जोड्ने प्रयासमा लागेका छन्।देशव्यापी नागरिक बचाउ अभियान सञ्चालन गरिरहेका उनले सोमबार सिमरामा पूर्वराजा शाहलाई भेटे। त्यस क्रममा अभियानको अनुभव र हालसम्म आफूले विस्तार गरेको संगठन सञ्जालका बारेमा जानकारी दिए भेटपछि उनले फेसबुकमा लेखेका छन्, ‘श्री ५ महाराजधिराज सरकारसँगको अर्थपूर्ण भेट। लघुवित्त, सहकारी, बैंकबाट पीडित नागरिकहरुले र भ्रष्ट नेताबाट प्रताडित देशले छिट्टै निकास पाउनेछ । आउँदो फागुन १ गते काठमाडौँकेन्द्रित कार्यक्रम गर्दै छन्। आफ्नो अभियान एक वर्ष पुग्न लागेको अवसर पारेर उनले गर्ने कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्रलाई समेत निम्त्याउने उनको प्रयास छ। त्यही कार्यक्रममा निम्ता दिन उनले आज भेटेको उनको सचिवालयले जनाएको छ।

पूर्वराजा शाहले भने प्रसाईँको अभियानमा भन्दा पनि अभिनन्दनजस्तो कार्यक्रम राखेमा आफू उपस्थित हुन सक्ने जनाउ दिएका छन्। त्यसैले काठमाडौँको कार्यक्रममै शाहको अभिनन्दन गर्ने तयारीमा लाग्न मातहत समितिलाई प्रसाईँले निर्देशन दिएका छन्। उनले अभिनन्दनका लागि निम्तो पनि दिएको उनको सचिवालयले जानकारी दिएको छ

प्रतिक्रिया