साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को नयाँ म्युजिक भिडियो  सार्वजनिक

इनेप्लिज २०८० माघ १४ गते २:३० मा प्रकाशित

माया प्रेम तन मनबाट निस्कने भएकोले सबैले आफ्नो माया हृदयबाट निकालेर जसले माया गर्छ उसैलाई सुम्पेको हुन्छ । माया बिना संसार शुन्य जस्तो हुने भएकोले हजार लाख जति मान्छे भए पनि माया साटासाट गर्नुपर्ने हुन्छ । आफूले आफैलाई माया गरेर मात्र चल्दैन दुनियाँ । हरेक मान्छेले माया गर्न जरुरी हुन्छ । जिन्दगी त्यसै चल्दैन जिन्दगी तब मात्रै चल्छ जब एकलाई अर्कोले माया गर्छ । रमाइलो गर्दै जीउन एकले अर्कोलाई माया गर्नुपर्ने भएकोले पनि होला । गायिका मिलन अमात्य र सुरेन्द्र महर्जनको स्वरमा रहेको ”मनको ढोका खोलेर माया साटौं है, मनको ढोका खोलेर सँगै बाँचौं है ।” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

विश्व कृतिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा संगीतकार राम कार्कीको सङ्गीत रहेको छ भने म्युजिक भिडियोको निर्देशक रोशन कुमार श्रेष्ठबाट निर्देशन गरिएको हो । सार्वजनिक भिडियोमा कलाकारहरूमा सम्पदा वानिया र प्रदिप खड्काको उत्कृष्ट अभिनय देख्न सकिन्छ । मधुशाला म्युजिकको तर्फबाट गीतको अडियो बजारमा आएको र भिडियो अमर म्युजिकबाट सार्वजनिक भएको हो । दृश्य निर्माण सानिध्या फिल्मको रहेको छ । भिडियो सम्पादन सुरेश राउतबाट गरिएको छ ।

प्रतिक्रिया