हरिराम र बबिनाको ‘पिरतीको गीत’ सार्वजनिक (भिडियो सहित)

इनेप्लिज २०८० माघ १२ गते ११:१३ मा प्रकाशित

प्रेमकै पर्यायवाची शब्द हो पिरती । पिरती या प्रेम या मायालाई व्यक्त गर्ने अरु पनि धेरै शब्द होलान्, ती सबैको निष्कर्ष हो प्रेमिल भाव । जव कोहि प्रति प्रेमका भावहरु मनले संगाल्छ उ नै उसको संसार हुन्छ, मुटु साटासाट हुन्छ, कलेजी त कहिले यता कहिले उता ओहोर दोहोर भइरहन्छ । आफ्ना प्रेमी या प्रेमिकालाई पिरतीको गीत मात्र होइन सिंगो जीवनका गीत सुनाउन मन लाग्छ, मनका सारा भावनाहरु छताछुल्ल पोख्न मन लाग्छ, उनीमै हराउन मन लाग्छ, उनको चाह र उनको खुसी भन्दा ठुलो अरु केहि लाग्दैन । प्रेममा मुटुको खुवै चर्चा हुन्छ किनभने मुटुले नै प्रेमिल भाव उब्जाउँछ, मुटुले नै प्रेम या प्रीत महशुष गर्छ, प्रेममा हलचल आउँदा मुटुमा नै हो पराकम्प आउने ।

मुटु नै हाम्रो सवभन्दा महत्वपूर्ण अंग, मुटु धड्किन्छ र त हामी जिवित छौ, यति महत्वपूर्ण अंग बन्धकी लिने र दिनेको सम्वन्ध झन् कति गहिरो होला मुटु देखि, मुुटु भरिको, मुटुको गहिराईबाट, मुटुको कुना कुनाबाट, मुटुको हर धड्कन देखि एकअर्कालाई मायालु भाव उर्लाउदा कत्ति प्रेमिल हुन्छ होला ? सधै उनी मुटुमा भएको, मुटुको हर धड्कनमा महशुष गरिएको, उनकै मुटुबाट पलाएको मायालुपनले आफ्नो मुटुलाई शितलता दिएको..आफ्नो मुटुले उनी प्रति र उनको मुटुले आफू प्रति मायालु भावहरु उब्जाएको निकै गहिरो भाव पिरतीको गीत मा समेटिएको छ ।

गीतकार हरिराम पौडेलले लेखेका मुटुका प्रेमिल भावहरुलाई पछिल्लो समय विभिन्न सुमधुर गीत र भजन सहित नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बबिना भट्टराईको स्वर तथा संगीतमा ‘पिरतीको गीत’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ । बबिना भट्टराईको अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतको एरेन्ज सञ्जय श्रीपालले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ । म्युजिक नेपालको स्टुडियोमा रेकडिङ गरि जस्केलो क्रियशनद्धारा निर्मित गीतको भिडियोमा बबिना आफै फिचर्ड छिन् । ‘पिरतीको गीत’ बबिना भट्टराईको अफिसियल युट्व च्यानलमा हेर्न सकिन्छ ।

भिडियो हेर्नुहोस् !

प्रतिक्रिया