एनआरएन नेपालीको पिडामा हातेमालो गर्न तयार छ : अध्यक्ष डा. बद्री केसी

वीरेन्द्र रावल २०८० माघ ११ गते २३:३३ मा प्रकाशित

धनगढी, माघ ११÷ सूर्य मात्रै अस्ताउन आउँछन् सुदूरपश्चिममा भन्ने सुदू्पश्चिमबासीहरुको गुनासोरुपी पीडामा एनआरएनका( गैर आवासीय संघ ) ले लगाएको गुनलाई सुदू्रपश्चिमबासीहरुले कहिल्यै पनि भुल्ने छैनन् ।

कोरोनाकालमा देश आक्रान्त र भयभित भएका बेलामा यदि गैर आवासीय संघले अक्सिजन सिलण्डर र मास्क लगायत स्वास्थ्य सामाग्रीहरु पठाएर सुदूरपश्चिमबासीहरुलाई लगाएको गुण अविश्मरणीय रहेको कुरा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट बहादुर सावदले बताएका छन् ।

विहीबार एनआरएन ( गैर आवासीय संघ)को आर्थिक सहयोगमा निर्माण गरिएको अक्सिजन प्लान्ट उद्ध्घाटन तथा हस्तान्त्रण कार्यक्रम पश्चात आयोजित स्वागत कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमूख अतिथी मन्त्री सावदले सो कुरा बताएका हुन ।

मन्त्री सावदले भने— सुदूरपश्चिम आर्थिक,सामाजिक र राजनीतिक रुपमा देशकै सबै भन्दा पछाडी परेको प्रदेश भएकाले पनि राज्यको ध्यान नगएका बेला एनआरएनले लगाएको गुण सुदूरपश्चिमबासीहरुका लागि अमिट छाप भनेर मनमस्तिष्कमा बसिरहने बताएका छन् ।

स्वास्थ्य,शिक्षामा पछाडी देशकै सबै भन्दा बढी गरिवीको रेखामूनि रहेका सुदूरबासीका लागि गैर आवासीय संघले गरेको योगदान आगामी दिनमा पनि निरन्तरताका लागि प्रदेश सरकारले अपेक्षा राखेको कुरा मन्त्री सावदले बताएका छन् ।

सुदूरमा विकासका प्रसस्तै सम्भावना रहेका र यीं सम्भावनाको खोजीका लागि प्रदेश सरकारले लगानी सम्मेलनको तयारी गरिरहेकोले पनि यसमा एनआरएनको सहभागिताको खाँचो रहेको पनि मन्त्री सावदले बताएका छन ।

सुदूरुमा बढ्दो बेरोजगारीका कारण यहाँका मानिसहरु कामको खोजीमा खाडी,युरोप नभएर नजिकको श्रमबजार भातर भएकाले ठूलो स.ख्यामा नेपाली कामदारहरु भारतमा चौकीदार ,श्रमिक लगायतका काममा समय खेर फालिरहेका समेत मन्त्री सावदले बताएका छन् ।

मन्त्री सावदले सुदूरपश्चिम प्रदेश सरकार यस क्षेत्रको विकासका लागि एनआरएनसंग मिलेर जान तयार रहेको बताउँदै हालसम्म एनआरएनले गरेका राम्रा कामको लागि धन्यवाद दिएका छन् ।

गैर आवासीय संघका केन्द्रिय अध्यक्ष डा.बद्री केसीले कामको लागि विदेशमा रहेतापनि नेपाल आमाको मुहार बदल्नका लागि एनआरएनले सामाजिक,आर्थिक र भौतिक विकास निर्माण देखि अन्य सहयोगहरुलाई विस्तार गर्दै आईरहेको बताएका छन् ।

डा. केसीले कोरोना कालमा नेपाल सरकारले उपलब्ध गराउन नसकेको स्वास्थ्य सेवालाई विदेशमा बस्ने नेपालीहरुको पहल कदमीबाट लाखौं नेपालीको ज्यान जोगाउन सकिएको बताएका छन् ।

नेपालमा अक्सिजन, पिपि सेट, मास्क लगायत अन्य स्वास्थ्य सामाग्रीहरु समेत उपलब्ध गराएको बताए ।

नेपालमा आई लागेका विभिन्न प्राकृतिक विपत्ती,असहजतामा परिणत हुन पुगेका नेपालीको सेवा र सहयोगका लागि बेला बेलामा एनआरएनले सहयोग जुटाउँदै आईरहेको समेत अध्यक्ष केसीले बताएका छन् ।

गैर आवासीय नेपालीहरु कामको लागि विदेशमा रहेता पनि नेपालको आर्थिक विकास र नेपालीको हरेक समस्या प्रति चिन्तित रहँदै आएको समेत अध्यक्ष केसीले बताएका छन् ।

केन्द्रिय अध्यक्ष डा. बद्री केसिले प्रवासमा रहेका गैरआवासिय नेपाली संघले नेपालको समृद्धि चाहेको ् समस्यामा परेका नेपालीको हित पर्वद्धनका लागि सकेको सहयोग गर्न तयार रहेको समेत सो अवसरमा बताएका छन् ।

नेपालमा रहेका विकासका सम्भावनालाई केलाउँदै नेपाल सरकारसंग मिलेर थप विकासका कार्यक्रमहरु पस्किन एनआरएन जहिल्यै तयार रहेको समेत अध्यक्ष केसीले बताएका छन् ।

यसैगरी एनआरएनका केन्द्रिय उपाध्यक्ष रामशरण सिम्खडाले नेपालमा विपत्पर्दा गैरआवासीय संघले थोपा थोपा रकम संकलन गरेर नेपालको हितमा प्रयोग गर्दै आईरहेकोले यसको सहि सदुपयोग होस् भन्ने आफुहरुको चाहना रहेको बताएका छन् ।

उनले भने— यदि नेपाल सरकार तयार रहेको खण्डमा स्वास्थ्य क्षेत्रमा चाहिएको प्राविधिक सहयोगका लागि एनआरएनले सहयोग जुटाउन तयार रहेको समेत बताएका छन् ।

सो अवसरमा सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपुर्ति केन्द्रका प्रमूख डा. नीरज अर्यालले कोरोना कालमा एनआरएनले अक्सिजन लगायत आवश्यक स्वास्थ्य सामग्रीहरु प्रदान गरेर धेरै मानिसहरुको ज्यान जोगाउन ठूलो योगदा दिएको बताउँदै आगमी दिनमा पनि स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि एनआरएनको सहयोगको अपेक्षा राखेको बताएका छन् ।

कार्यक्रमका अध्यक्ष एवं,सेती प्रादेशिक अस्पताल धनगढीका अध्यक्ष नरबहादुर शाहले एनआरएनले अक्जिन प्लान्ट प्रदान गरेपछि अव सुदूरपश्चिममा अक्जिन नपाएर कुनैपनि विरामीले मृत्यूवरणम गर्न नपर्ने अवस्थाको सिर्जना भएको बताएका छन् ।

उनले सेती प्रादेशिक अस्पतालको सेवा सुविधा वृद्धिका लागि एनआरएनको ठूलो अपेक्षा राखेको समेत बताएका छन् ।

सुदूरमा एनआरएनको सहयोग :
गैर आवासीय संघले सेती प्रादेशिक अस्पताल धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि १ करोड २५ लाख ,यस्तै ब्ल्ड एम्बुलेन्सका लागि ७० लाख पर्ने एम्बुलेन्स,महाकाली अस्पतालका लागि १ करोड २५ लाखको अक्सिजन प्लान्ट ् कञ्चनपुरको बैद्यनाथ स्कुल झलारीका लागि २० लाख रुपैया सहयोग गरेको समेत सो अवसरमा जानकारी गराइएको थियो ।

सो अवसरमा सेती प्रादेसिक अस्पताल धनगढीमा जडान गरिएको अक्सिजन प्लान्टको सामाजिक विकास मन्त्री झपट सावद र एनआरएनका अध्यक्ष डा.बद्रि केसीले प्लान्टको संयुक्त रुपमा रिवन काटेर उद्धघाटन गरेका थिए ।

को — को सहभागि थिए एनआरएनका पदाधिकारीहरु धनगढीमा :
एनआरएनका केन्द्रीय अध्यक्ष डा. बद्रि केसीको नेतृत्वमा उपाध्यक्ष रामशरण सिम्खडा,आरसि ओसिनिया दिनेश पोखरेल,आईसिसि मेम्बर हेमन्त काफ्ले, सल्हाकार टेक बहादुर कार्की,अतुल कोईराला,भैरव ढकाल,विधान सन्सोधन कमिटीका अध्यक्ष भवानी वली, पूर्व उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ, कार्यकारी निर्देशक राजेन्द्र कुमार राउत,कार्यालय प्रमूख कुनाल मिश्र र माल्टाका अध्यक्ष सत्यनारायण झा लगायतकाको प्रतिनीधि मण्डल धनगढीमा पुगेका थिए ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया