मुलुकबाट राजसंस्था जानुका कारण र राजपरिवारलाई मेरो सुझाव र सल्लाहहरु !

इनेप्लिज २०८० माघ ११ गते ११:५५ मा प्रकाशित

मुलुकबाट राजसंस्था जानुका कारणहरु र राजा ज्ञानेन्द्र शाह परिवारलाई मेरो सुझाव र सल्लाहहरु यस प्रकार छन ।

अब राजा ज्ञानेन्द्र शाह परिवारले सेनाहरु, जनपद प्रहरीहरु, सशस्त्र प्रहरीहरु र राष्ट्रिय अनुसन्धान सुरक्षाकर्मीहरुसंग छलफल र समन्वय गरी अघि बढनुपर्छ ।

सर्वप्रथम राजा ज्ञानेन्द्र शाह परिवारले आफु वरिपरिका केही स्वार्थी र अवसरवादी तत्वहरुलाई तत्काल निष्कासन गर्नुपर्ने देखिन्छ । राजा ज्ञानेन्द्र शाह परिवारले आफनो को हुन र पराया को हुन भन्ने कुरा सहि पहिचान गर्न सक्नुपर्छ ।

राजा ज्ञानेन्द्र शाह परिवारले वीर बलबहादुर कुँवर, जंग बहादुर राणा, पृथ्वीनारायण शाह, महेन्द्र शाह र चाणक्य नीति लिएर अघि बढनुपर्छ । राजा ज्ञानेन्द्र शाह परिवारले सेनाहरु, जनपद प्रहरीहरु, सशस्त्र प्रहरीहरु र राष्ट्रिय अनुसन्धान विभिन्न सुरक्षा निकायहरूसंग छलफल र समन्वय गरी अघि बढनुपर्छ । राजा ज्ञानेन्द्र शाह परिवारको सुरक्षाकर्मीहरु अर्थात सुरक्षा निकायहरूसंग समन्वय नभए जस्तो कताकतै मलाई महसुस भएको छ ।

श्री ५ ज्ञानेन्द्र शाहको पालामा राजसंस्था जानुका कारणहरु र श्री ५ ज्ञानेन्द्र शाह परिवारलाई मेरो सुझावहरु र सल्लाहहरु यस प्रकार छन ।

(१) राजसंस्था एमाले, काँग्रेस र माओवादी लगायतका राजनीतिक दलका नेताहरूको कारणले गएको होईन ।

(२) जसले जेसुकै भनेपनि वास्तविकमा राजसंस्था केही स्वार्थी र अवसरवादी दरबारीया शक्तिहरू र दरबारीय तत्वहरु तथा राजा ज्ञानेन्द्र शाह परिवारको केही मध्यस्थकर्ता र केही सल्लाहकारहरुको कारणले गएको हो ।

(३) राजा श्री ५ ज्ञानेन्द्र शाह परिवारले को आफना हुन र को पराया हुन भन्ने नागरिकहरुको सही पहिचान गर्न सक्नु पर्दथ्यो । तर राजा ज्ञानेन्द्र शाह परिवारले आफनो को हुन र पराया को हुन पहिचान गर्न सक्नुभएन । यस्तो संवेदनशील विषयमा राजा ज्ञानेन्द्र शाह परिवार चनाखो हुनु पर्दथ्यो । राजा ज्ञानेन्द्र शाह परिवार चनाखो हुनु भएन ।

(४) सही र साँचो कुराहरु राख्न, बोल्न सक्ने हिम्मत र खुबी भएका श्री ५ ज्ञानेन्द्र शाह परिवारका शुभ चिन्तकहरुलाई अवसरवादी केही सल्लाहकारहरु र केही मध्यस्थकर्ताहरुले आफनो अस्तित्व सकिन्छ भनी राजा ज्ञानेन्द्र शाह परिवार सँग भेटघाट नै नगराउने परम्परा यथावत नै छ ।

(५) राजा ज्ञानेन्द्र शाह, युवराज्ञी हिमानी शाह र युवराजधिराज पारस शाहका वरिपरिका केही सल्लाहकारहरु र केही मध्यसकर्ताहरु ठिक छैनन । वरिपरिका केही सल्लाहकारहरु र केही मध्यसकर्ताहरुको कारणले नै राजसंस्था गएको हो । मुलुकमा राजा ज्ञानेन्द्र शाह परिवारको केही सल्लाहकारहरु र केही मध्यसकर्ताहरुले अप्रत्यक्ष रूपमा दोग्ला भुमिका खेलिरहेका छन । राजा ज्ञानेन्द्र शाह परिवारको केही सल्लाहकारहरु र केही मध्यस्थकर्ताहरुको मिलोमतो र साँठगाँठ दलका नेताहरूसँग छ । राजा ज्ञानेन्द्र शाह परिवारको पक्षमा रहेका राजावादी संगठनहरुलाई पनि राजा ज्ञानेन्द्र शाह परिवारको केही सल्लाहकारहरु र केही मध्यस्थकर्ताहरुले एक आपसमा मिल्न दिंदैनन र फुटाउने गर्छन ।

(६) अवसरवादी केही सचिवहरू र केही सल्लाहकारहरुलाई को को आम नागरिकहरु आफना हुन र आफना पक्षमा बोल्छन तथा खाँटि राजा ज्ञानेन्द्र शाह परिवार पक्षधर को को हुन भन्ने पनि थाहा छ । त्यसकारण केही सचिवहरु र केही सल्लाहकारहरुले आफ्ना पक्षकाहरुलाई मात्र राजा ज्ञानेन्द्र शाह परिवार संग भेट गराउने परम्परा यथावत नै छ ।

(७) राजा ज्ञानेन्द्र शाह परिवारका वास्तविक शुभचिन्तक र वफादारहरुले केही सचिवहरु र केही सल्लाहकारहरुको पोल खोलि देलान र राजदरबारबाट खाइ पिइ आएको सुविधा आदि आदि जस्ता कार्यहरुमा राजा ज्ञानेन्द्र शाह परिवारका शुभचिन्तकहरुले मध्यस्थकर्ताहरू बारे पोल खोली देलान भन्ने मनसायले राजा ज्ञानेन्द्र शाह परिवारलाई वास्तविक कुरा जाहेर नहोस भनेर केही मध्यस्थकर्ताहरु बाट भेट नगराउने प्रथा ।

(८) केही मध्यस्थकर्ताहरु र केही सल्लाहकारहरुको सोच आम नागरिकहरुले आफ्नो संधैभरि चाकरी, गुलामी गरिरहोस भन्ने उद्देश्यले चाकरी र गुलामी नगर्नेहरुलाई भेटघाट नगराउने पन्छाउने रुढीवादी परम्परा यथावत रहेको पाइन्छ ।

(९) राजा ज्ञानेन्द्र शाह परिवारका कतिपय मध्यस्थकर्ताहरु र सल्लाहकारहरु राम्रा पनि होलान तर फटाही र धुर्त्यांइ गर्ने अवसरवादीहरुको सामुन्ने सज्जनहरुको केही जोड चल्दैन । ओझेल र अल्पमतमा पर्छन ।

(१०) विगतमा राजा ज्ञानेन्द्र शाहले एक्कासी कार्यभार आफनो हातमा लिनु र नेपाल राष्ट्र नै चाहिँदैन भन्ने तुलसी गिरी लगायतका सल्लाहकारलाई सल्लाहकारको रुपमा ल्याउनु राजाको ठुलो गल्ती र ठुलो भुल थियो । अब राजा ज्ञानेन्द्र शाह परिवारले विगतमा भए जस्तो गल्ती वर्तमान समयमा दोहोरिनु दिनु हुँदैन ।

(११) राजा ज्ञानेन्द्र शाह परिवारका केही मध्यस्थकर्ताहरु र सल्लाहकारहरु दोहोरो चरित्र भएका ताक परे तिवारी नत्र गोतामे जस्ता अवसरवादी तत्वहरुले राजा ज्ञानेन्द्र शाह परिवारलाई फसाए ।

(१२) राजा ज्ञानेन्द्र शाह स्वयं राजा थिए । राजा ज्ञानेन्द्र शाहलाई मन्त्रीपरिषद अध्यक्ष बन्नु परेको किन ? यसकारणले पनि राजसंस्था गएको हो । राजाको सामु अध्यक्ष पद केही पनि होइन । राजा स्वयंलाई अवसरवादी तत्वहरुले अध्यक्ष बन्न लगाई राजालाई फसाए ।

(१३) राजा ज्ञानेन्द्र शाह परिवार अवसरवादी केही मध्यस्थकर्ताहरु र सल्लाहकारहरु भरमा मात्र विश्वस्त हुनु हुँदैनथ्यो । बेला मौकामा राष्ट्रको गतिविधि तथा आम नागरिकहरुको चाहना र माँगलाई बुझ्नु पर्दथ्यो र समयमा सम्बोधन गर्नु पर्दथ्यो । राजा ज्ञानेन्द्र शाहको केही आफ्नो जिद्दी र हठ का कारण पनि राजा ज्ञानेन्द्र शाहले सत्ताबाट हात धुनु परेको हो ।

(१४) एक्काइसौँ शताब्दीमा राजा ज्ञानेन्द्र शाहले एक्कासि आफनो बुवा महेन्द्र शाह जस्तो शासन गर्न खोज्दा पनि विफल हुनु भएको हो । कहाँ विक्रम सम्वत २०१७ सालको समय कहाँ विक्रम सम्वत २०६०/६१ को समय धेरै फरक थियोे । राजा ज्ञानेन्द्र शाहले बुझ्न सक्नु भएन । राजसंस्था समाप्त पार्नु पनि ग्राइन्ड डिजाइन अन्तर्गत नै हो ।

(१५) एक्कासि राजा ज्ञानेन्द्र शाहले सत्ता आफनो हातमा लिएपछि राजा ज्ञानेन्द्र शाहको देश दौडहा, भ्रमण, मन्दिर दर्शन र उद्घाटनमा गर्नमा मात्र व्यस्त रहेकोे थियो । आम नागरिकहरुको आवश्यकता के हो त्यसलाई कसरी परिपूर्ति गर्ने सोच जस्तै शिक्षामा सुधार, स्वास्थ्यमा सुधार, कृषिमा सुधार, रोजगारीको व्यवस्था र रोजगारी नदिउन्जेल सम्म युवाहरूलाई बेरोजगार भत्ता आदि आदि जस्ता कुराहरुमा राजा ज्ञानेन्द्र शाह परिवारले ध्यान दिनु पर्दथ्यो तर राजा ज्ञानेन्द्र शाह परिवारले जनताहरुको चाहनालाई पुरा गर्न सक्नु भएन । राजा ज्ञानेन्द्र शाह परिवारले राष्ट्रलाई विकसित अन्तर्राष्ट्रिय मुलुकहरुको तुलनामा कसरी अगाडी लिएर जाने सोच बनाई दिएको भए आज राजसंस्था जाने अवस्था आउँदैन थियो ।

(१६) राजा ज्ञानेन्द्र शाह, युवराजधिराज पारस शाह र युवराज्ञी हिमानी शाहले अवसरवादी र ताक परे तिवारी नत्र गोतामे जस्ता सोच भएका केही मध्यस्थकर्ताहरु र केही सल्लाहकारहरुलाई लिएर राजा ज्ञानेन्द्र शाह परिवार अघाडी बढनु भयो भने राजसंस्था आयो भने पनि धेरै दिन सम्म टिक्न सक्दैन । राजसंस्थालाई टिकाउन राजा ज्ञानेन्द्र शाह परिवारले केही स्वार्थी र अवसरवादी मध्यस्थकर्ताहरु र केही सल्लाहकारहरु पुरै हटाउनुपर्ने हुन्छ ।

(१७) राजा ज्ञानेन्द्र शाह परिवारले वीर बलबहादुर कुँवर, जंग बहादुर राणा, पृथ्वीनारायण शाह, महेन्द्र शाह र चाणक्य नीति लिएर अघि बढनुपर्छ ।

(१८) राजा ज्ञानेन्द्र शाह परिवारले सेनाहरु, जनपद प्रहरीहरु, सशस्त्र प्रहरीहरु र राष्ट्रिय अनुसन्धान विभिन्न सुरक्षा निकायहरू संग छलफल र समन्वय गरी अघि बढनुपर्छ ।

(१९) राजा ज्ञानेन्द्र शाह परिवारले मुलुकमा जनताहरुको हित बारे के के गर्ने दुरदर्शि कार्ययोजना र भिजन बारे स्पष्ट योजना र खाकाको पुर्व तैयारी रहन आवश्यक छ । पुर्व कार्ययोजना र खाकाको तैयार नगरी लिएको सत्ता धेरै दिन टिक्न सक्दैन ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा, जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७

प्रतिक्रिया