बम्जन विरुद्ध जाहेरी दिने किशोरीका बुबाको दुर्घटनामा परेर मृत्यु! घटना बारे प्रहरी यस्तो भन्छन (भिडियो सहित)

इनेप्लिज २०८० माघ ११ गते १०:४९ मा प्रकाशित

कथित तपस्वी रामबहादुर बम्जनविरुद्ध बाल यौन शोषणको जाहेरी दिने किशोरीका बुवा सवारी दुर्घटनामा मारिएका छन्।

सिन्धुली जिल्ला प्रहरी कार्यालयका अनुसार, मंगलबार रौतहटबाट सिन्धुलीको डगाहतर्फ जाँदै गर्दा ती किशोरीका बुवा सवार बा ५८ प ९१४१ नम्बरको मोटरसाइकललाई भिमानतर्फ जाँदै गरेको प्र २–०४–००१ ट ००१० नम्बरको ट्याक्टरले भिमानमा ठक्कर दिँदा उनको मृत्यु भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते किशोरीका बुवाको उपचारका क्रममा सिन्धुली जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी उपरीक्षक राजकुमार सिलवालले नेपालखबरलाई जानकारी दिए।

उक्त ट्याक्टरले ती किशोरीका बुवा सवार मोटरसाइकलसँगै ना ११ प ५७५० नम्बरको मोटरसाइकललाई पनि ठक्कर दिएको थियो। यसका चालक भने उपचारपछि अस्पतालबाट घर फर्किइसकेको प्रहरीले जानकारी दिएको छ।

https://www.youtube.com/watch?v=rGdR26WZSJo

प्रतिक्रिया