एनआरएन नेपालको समृद्धि चाहान्छ : अध्यक्ष डाः बद्री केसी

वीरेन्द्र रावल २०८० माघ ११ गते १०:३० मा प्रकाशित

गढी माघ ११÷एनआरएनका( गैर आवासीय संघ ) केन्द्रिय अध्यक्ष डा. बद्री केसिले प्रवासमा रहेका गैराअवासिय नेपाली संघले नेपालको समृद्धि चाहेको बताएका छन ।

एन आरएनले देसका विभिन्न स्थानमा विभिन्न खालका बाढी पहिरो बिपत्ति,भुकम्प लगायत शिक्षा क्षेत्रमा समेत लगानी लगाउदै आइरहेको बताएका छन । केसिले आगामी दिनमा १० अरबको लगानीमा विभिन्न क्षेत्रमा लगानी लगाउने योजना बनाएको बताएका छन ।

नेपालको समृद्धि र बिकासका लागि एन आरएनलाइ नेपालको बिकासमा केन्द्रित गर्नका लागि थप एक खर्व बराबरको बजेटको ब्यवस्थापन गर्ने सोचमा रहेको कुरा केसिले बताएका छन । गैर आवासीय नेपाली संघले वैदेशिक लगानीलाई नेपालमा भित्र्याउनका लागि पहल गरिरहेको बताएका छन । बिदेशमा बस्ने ८० लाख गैर आवासीय नेपालीले नेपाल र नेपालीको हितकालागी काम गरिरहेको सस्थालाइ राजनीतिक प्रतिसोधको भावना देखाएकोले गैर आवासीय संघ दुखी रहेको बताएका छन ।

गौर आवासीय संघ नेपालमा जुन सुकै राजनीति दल सत्तामा रहेपनी यो गैर राजनीतिक संस्था भएकाले पनि मिलेर काम गर्न तयार रहेको बताएका छन ।

सो अवसरमा बोल्दै नेकपा एमालेका पोलिट ब्यूरो सदस्य एवं सुदुर पश्चिम् प्रदेश सरकारका निवर्तमान मुख्य मन्त्री राजेन्द्र रावलले संघियतामा देस गैसकेको अवस्थामा पनि प्रदेश सरकारहरु साधन र स्रोत बिहिताको अवस्थामा रहेका कारण देसको समग्र आर्थिक बिकासले गति लिन नसकेको बताएका छन । सुदूरपश्चिम् प्रदेस प्राकृति रुपमा सम्पन्न भएतापनी राज्यको लगानीको अभावमा सुदुरले दिगो आर्थिक बिकास गर्न नसकेको बताएका छन ।

सुदूरपश्चिम प्रदेशमा लगानी संभावना धेरै रहेको भएपनी राज्यले सुदुरको बिकासका लागि गौरवका योजनामा लगानी गर्न नसकेको बताएका छन । पुर्व मुख्य मन्त्री रावलले पश्चिम् सेती जस्ता जलविद्युतका बढी संभावना भएको सुदुर पश्चिम् प्रदेशमा बिकासका संभावनालाई राज्यले खासै चासो नदेखाएको कारण पनि युबा बेरोजगारी बढ्दै जान थालेको बताएका छन ।

सो अवसरमा बोल्दै पुर्व मन्त्री ,नेकपा एमालेका केन्द्रिय सदस्य एवं सान्सद दामोदर भण्डारीले गैर आवासीय संघलाइ सुदुरको बिकासका लागि संभावनाको अध्ययन गरेर लगानी बढाउन सकेको खण्डमा सुदुरको बिकासमा ठूलो योगदान पुग्ने बताएका छन ।

सान्सद भण्डारीले नेपालको दिगो आर्थिक बिकासमा योगदान दिइरहेको गैर आवासीय संघलाइ सुदुरको आर्थिक बिकासमा योगदान दिन समेत आग्रह गरेका छन ।

सुदुरले ५ पटक देउवा र ४ पटक लोकेन्द्र बहादुर चन्द जस्ता ब्यक्तीलाई प्रधानमन्त्री बनाउदा समेत पनि सुदुर नेपाल देसकै सबै भन्दा गरिबिको चपेटामा परेको बताएका छन । कलेज खाली छन,युबा बिदेशीन थालेका छन । राज्य मिलिजुली सत्ता भागबन्डामा मात्र केन्द्रित रहेको बताउदै बर्तमान सरकार जनताको पक्षमा नरहेको बताएका छन ।

गैर आवासीय संघले नेपालमा लगानी गर्न खोजिरहेको भएतापनी सरकारले गैर आवासीय संघलाइ लखेटिरहेको बताएका छन । सो अवसरमा बोल्दै नेपाली काङ्ग्रेसका नेता नैनसिंह महरले देसको समग्र आर्थिक बिकासका लागि सरकार र प्रतिपक्षी दलको सहकार्य अनिवार्य रहेको बताएका छन ।

सो कार्यक्रमको सन्चालन रिटर्नी फेडरेसनका नेता एवं एमाले सुदुर पश्चिम् प्रदेश कमिटीका सदस्य तिर्थ भट्टराईले गरेका थिए । सो अवसरमा गैर आवासीय संघका प्रतिनिधि ,सन्चारकर्मी र राजनीतिक दलका प्रतिनिधिहरुको सहभागीता रहेको थियोे ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया