रामको प्राणप्रतिष्ठा संगै जोडिएको नेपालको महत्व

इन्दुभुषण गौतम भर्जिनिया २०८० माघ १० गते १:३३ मा प्रकाशित

भारतमा भएको श्रीरामको प्राणप्रतिष्ठा गरिएको खुसियालीमा भारत राममय भएको छ । त्यसको प्रभाव नेपालका हिन्दु धर्म अनुयायीहरुमा पर्ने भइ हाल्यो र अधिकांस तराइका जिल्ला र काठमांडू पोखरा लगायतमा समेत उल्लासमय भएको छ । यो मन्दिर बनाउदा भुमि पुजन देखि निर्माण सम्पन्न हुञ्जेल सम्म सबै बाल्मिकी रामायाणमा निर्देशित गरिएझैँ बिधिबिधान ले गरिदैछ र नेपालको सहभागिता उच्च एवं महत्वपूर्ण मानिएको छ ।

नेपाल फेरी पनि बिश्वको हिन्दुहरुको माझ पवित्र ज्ञानभुमि , अद्यात्मिक भुमि, तिर्थ भुमिको रुपमा खडा भएको छ हालै भारत मा भएको श्रीरामको प्राणप्रतिष्ठा पश्चात । नेपालका पुजारी , नेपाल बाट लगिएको सालिग्राम शिला, सय्यौ सालिग्राम, नेपालको जनकपुर बाट गएको माइति पक्षबाट उपहार कोसेली अलावा बाल्मिकी रामायणमा नेपालको जनकपुरको महत्व बारेमा बुझाइको आदि कारणले यसको महत्व नेपालमा प्रष्ट्याइएको छ । नेपाल पहिले देखिनै बिश्व प्रसिद्द बौध्द धर्मगुरु , गुरु मेलारुप्पा, गुरु पद्मसभ्भव, बुद्ध , सय्यौ प्रसिध्द रेम्पुच्चे गुरुहरु, जगत जननी माता सीता , जैन गुरु स्वामीनारायण (मुक्तिनाथमा ज्ञान प्राप्त) , भगवान शिब, सय्यौ ऋसीमुनि, जैन भगवान ऋषभदेव, राजा भरत ( जसको नामले भारत देशको नाम राखिएको छ ) राजा जनक, मंजुश्री जस्ता भगवानकै जन्मभुमि, ज्ञान प्राप्त गर्ने भुमि , कर्मभुमि , तपोभुमि, पनि हो । यसको आलावा रामायणमा वर्णित मुख्य पवित्र ठाउँ हो भन्ने कुरा भनिएको छ । अयोद्या जत्तिकै महत्व देखाएइको छ बाल्मिकी रामायणमा ।

यस लेखमा केहि प्रश्नहरुको उत्तर खोजिएको छ । जसमा भगवान श्री राम र नेपाल connection केहो ? किन रामायणमा भारत अयोध्यालाई नेपालको जनकपुरलाई महत्वपूर्ण मानिएको रहेछ । सिता सक्ति केहो ? के माता सीता कमजोर महिला थिइन त ? । माता सीता नै जगत जननी हुन् कि होइनन् त ? राम अबतार किन भएको थियो र जनकपुरमा नै विवाह गर्न बाल्मिकी ऋषिले त्यति टाढा १० सौं दिनसम्म अयोध्या वाट हिँडाएर ल्याए के अन्त नजिकै पर्ने राज्यहरुमा ति राजा का राजकुमारीहरु थिएनन् र ? किन राजा जनकले खेत जोत्दा भेटेको सीतालाईनै मरिहत्ते गरेर बिवाह गर्नु? आदि आदि प्रश्नले राम अबतार र नेपाल को सम्बन्धको बारेमा बताइएको रहेछ हामि बर्षौं सम्म अनभिज्ञ रहेछौ। गलत रामायण पढिएछ ।

नेपालको महत्व र रामायण कालमा यसको महत्वको बारेमा हालै भारतिय प्रख्यात राम विद्वान जगतगुरू स्वामी डा श्री राघवाचार्यले बाल्मिकी रामायणका पंक्तिको उल्लेख गर्दै भनेका छन “राम अबतार मर्यादा को पालन , माता सीता संग बिबाह र रावण को बध ३ कामको लागि भएको रहेछ । माता सीता निरिह एक महिला जो रावणले अपहरण गर्दा अपह्ररित हुने, लंकामा डरले कापेर बस्ने भन्ने जस्ता शास्त्रमै नभएका कुतर्क गलत ब्याख्या गरिएको रहेछ बिगतमा । हाम्रा आदिकबि भानुभक्त को रामायणमा सीता नै प्रमुख शक्ति भनेर भनिएको रहेनछ , जहॉ रामनै मूल पात्र सीता लाइ निरिह नै देखाईको रहेछ – जो मूल रामायण का रचयिता बाल्मिकीकै रामायण भन्दा बिल्कुलै फरक रहेछ । बिचरा आदिकबि भानुभक्तले समेत बाल्मिकी रामायणको सहि व्यख्या गर्न नसकेको कुरा भारत का अयोध्याकै आधिकारिक प्रशिद्ध बाल्मिकी रामायाण ब्याख्याकार डा श्री राघवाचार्य को प्रबचनले प्रष्ट हुन्छ । वहॉले कुनै पुर्बाग्रह बिनै बाल्मिकी रामायणको सहि व्यख्या गर्दा नेपालको महत्व झन् बढेर गएको देखिन्छ ।

वहॉको भनाइमा माता सीताले चाहेको भए रावण एक नजर मै भस्म हुन्थ्ने तर राम अबतार मर्यादा पालान गराउन भएको हुँदा सो काम गर्न रामलाइनै छोडी दिनु भयो । जसरी माउ बिरालोले उसले पकडेर ल्याएको जिउँदो मुसालाई उसका बच्चा लाइ खेलाउन दिन्छ र आफु नजिकै बस्छ । माता सीताले रामलाई रावण मार्न श्रीराम लाई दिनु भएको रहेछ । श्रीरामले सीताकै उपसाना गरेर रावणको बध गरेको स्कन्द पुराण , बाल्मिकी ऋषि ले लेख्नु भएको अद्भुत रामायणमा उल्लेख रहेछ । जस अनुसार १० वटा सिर भएको रावण मार्न श्रीराम लाइ जुन धौ धौ पर्यो । रावाणको दाजु जो १००० सिर भएको रावण लाइ तिनै लोकमा कसैले मार्न नसकेको माता सिताले नै भस्म गरेको तथ्य उल्लेख गर्नु भएको छ ।

सीता शक्ति नै जगत सक्ति रहेछ, कृष्णको राधा शक्ति जस्तो सीता नै रामको मुल सक्ति रामायण राम अबतार कि मूल पात्र रहिछन , राम सहायक पात्र हुन् । रामले जब जनकपुरको माटो टेक्नु भयो तव ताडाका रक्षस बध गरेको, गौतम ऋषि को श्राप बाट ढुङ्गा बनेकी अहिल्या लाइ उद्वार गर्ने , धनुष तोड्ने जस्ता पराक्रम गरेको कुरा गुरु डा श्री राघवाचार्य त्यही भन्नु हुदै छ अहिले अयोध्यामा। अहिले अयोघ्या राममय बनेको त्यसको मुख्य कर्ता- हर्ता डा राधाचार्य को भनाइ हो । वहाँको भनाइमा सम्पुर्ण ४ वेदको सार नै रामायण हो र त्यो रामायण माता सीताकै चरित्रको वर्णन हो ,राम को होइन भन्नु हुन्छ । माता सीतानै जगत कि सक्ति हुनुहुन्छ, वहा नै सरस्वती लक्ष्मी , सरस्वती शक्ति हुनुहुन्छ , बर्षौ सम्म नभनिएको सत्य चाहि यहि रहेछ ।

माता सीता संग जनकपुरमा बिबाह गरे पछि सो बिबाहमा आउनु भएका ऋषिमुनि हरु नेपालको हिमाली क्षेत्रमा तपस्या गर्न गएको जसमा मुख्य रुपमा गुरु बसिस्ठ को नाम उल्लेख गर्नु भएको छ,डा राघबचार्य ले । माता सीताको अलावा लक्ष्मणको बिबाह राजा जनककै अर्की छोरी उर्मिला संग भएको रहेछ । राजा दशरथका अन्य दुई भाइ छोराहरु भरत, शत्रुघ्न को बिबाह राजा जानकका भाइकाछोरिहरु माण्डबि स्रुताकिर्ति संग ऋषिमुनि कै निर्देशनमा जनकपुरमानै भएको रहेछ । बाल्मिकी रामायाण अनुसार नेपालको जनकपुरको बैभव, सम्बृद्धि यति ठुलो रहेछकि दशौ लाख अयोध्याबाट आएका जन्ती , लावालस्कर, घोडा हात्ती लाइ १५ दिन सम्म पालेर रखिएको रहेछ ।

रामायण सस्कृति बर्मा , भारत, थाईल्याण्ड , इण्डोनेसिया, कम्बोडिया लाओस सम्म फैलिएको रहेछ । ८ औं सताब्दी देखि १२ औं सताब्दी सम्म यी देशहरुमा रामायण मै आधारित सस्कृति रहेछ अहिले बुद्धिष्ट मुलुक बने पनि । थाईल्याण्डका स्व. राजा भुमिवलले जनकपुरको राजा जनकको बारेमा उनका गुनहरु उनको अकन्टक राज्यको बारेमा पुस्तक लेखेका छन् । अद्यापि थाईल्याण्डमा रामायणनै संस्कृति छ वौध्द मुलुक भए पनि। ठुलो इस्लामिक मुलुक इन्डोनेसियाका राष्ट्रपति ले भनेका थिए Islam is our Religion but Ramayan is our Culture

अयोद्यामा श्रीरामको प्राणप्रतिष्ठा भएर बिधिबत पुजा सुरु हुनु हामी नेपालीको लागि खुसि को कुरा हो , पारिवारिक रुपमा हेर्दा पनि आफ्नो छोरीको घर भब्य बन्दा सबैभन्दा खुसि माइती पक्ष नै हुन्छन् र हामि खुसि नहुने कुरै भएन । हाम्रो तिर्थयात्रा र भ्रमण गर्दा एउटा पुग्नु पर्ने ठाउँ अयोध्या बनेको छ । त्यसको अलावा अयोध्या र जनकपुर एक अर्काकै पुरक तिर्थ बनेका छन , एक को अभाव मा अर्को अधुरो हुन्छ ।

श्री रामलाइ जसले दिलै देखि श्रध्दाभक्ति पुर्बक मान्दछ , उसले पक्कै पनि उनले देखाएको बाटोमा आफ्नो कर्म, जीबनशैलीलाइ लिन्छ भन्नाले “राम राज्य” लाइ मान्दछ तव न सच्चा रामभक्ति हुन्छ । भारतले इ पु ३१० को चाणक्यनीति , इ स १९४७ तिरको गान्धीको अहिंसा गान्धीबाद (Panchayat Raj) लाइ लत्याए पनि “रामराज्य ” को अवधारणालाइ कार्यान्वयन गर्ने छ कि कतै भन्ने आस गर्न मात्र सकिन्छ । भर पर्ने आधार त केहि छैनन् । रामराज्य भन्नाले अहिले भन्ने गरिएको Good governance कै principle मा आधारित राज्य ब्यबस्था सन्चालन लाइ बुझाउछ ।जसनुसार सुसासन । आधुनिक सिधान्त भन्नाले आर्थिक सामाजिक र शैक्षिक समग्र सशक्तिकरण ( empowerment of people at grassroots,) समता समानता (equality/ equality of opportunity ), विकेन्द्रीकरण (decentralization of power ) बिधिको शासन (rule of law ) , जनसहभागिता ( cooperative participation of people,) आवधिक चुनावबाट छानिएका प्रतिनिधिबाट सरकार संचालन (democratic self-governance), शान्तिपूर्ण सह अस्तित्व (peaceful coexistence) , प्रभाकारिता (Effectiveness and efficiency ), जवाफदेहिता (responsiveness), पारदर्शिता (Transparenc),इमान्दररिता (Integrity) आदि लाइ मुख्यतया बुझाउछ । छिमेकी भारतमा यो स्तर को सासकिय परिवर्तन भए त्यसको फाइदा नेपाल कै राज्य सन्चालन मा नपर्ने कुरै भएन । त्यसैले भारत सरकार ले आफ्नो अहिलेको छिमेकी मिचाहा हेपाहा र हस्तछेपकारी भूमिकाको अन्त गरेर शान्तिपूर्ण सह अस्तित्व (peaceful coexistence) असल साशन यानेकि रामराज्य कै सिध्दान्तमा उसले आफ्नो राज्य संचालन गरेर त्यही अनुरुप छिमेकी संग ब्यबहार गरे मात्र यो प्राण प्रतिष्ठाको सार्थकता , धार्मिक फल प्राप्त होला नत्र पुजामा प्रयोग गरिएका घिउ चमाल फुल रुवा बाति धुप र अरबौ रुपयाकै नस्ट मात्र हुनेछ ।

राम संग जोडिएको अर्को रोचक प्रसङ्ग के छ भने भोजपुर जिल्ला का दिङ्ग्लाआबाल ब्रम्हचारी षडानन्द (1825) हुनुहुन्थ्यो र वहा सिद्दि प्राप्त नेपालकै सिद्ध सन्त माहात्मा हुनुहुन्थ्यो । आज भन्दा करिब १०० बर्ष अगाडी हाम्रा जिजुहजुरबुबा रङ्गलाल वहालाइ डोलीमा बोकाएर ल्याएर कोयाखोला मा श्री मद् भागवत माहापुराण लगाउनु भएको थियो । गुरु षडानन्द श्री राम भक्त हुनुहुन्थ्यो र वाहाले दिङ्गाला मा राम सीता मन्दिर बनाउनु भएको थियो । सोहि अनुसार उहाको सल्लाह बमोजिम बिक्रम सम्बत १९९२ सालमा ( 1935 ) श्री राम सीता मन्दिर तेह्रथुम जिल्ला मा मेरो हजुरबुबाले बनाउनु भयो जो नेपालको तेस्रो ठुलो र तेस्रो पुरानो राम मन्दिर हो । हामि बाल्यकाल देखि नै राम कै सामिप्य मा नै पुजा आजा बर्त जाग्राम, हरिकिर्तन, पठन पाठन , खेल्दै हुर्कियो । त्यसैले अयोध्यामा राम आगमन हामि सबैलाई आनन्दमय भएको छ ।

इन्दुभुषण गौतम
भर्जिनिया

प्रतिक्रिया