राष्ट्रिय सभा सदस्य चुनावका लागि साेमबार रातिदेखि मौन अवधि सुरु

बेद प्रसाद घिमिरे २०८० माघ ९ गते २:५६ मा प्रकाशित

बेद प्रसाद घिमिरे-माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि साेमबार रातिदेखि मौन अवधि सुरु भएको छ ।

निर्वाचन आयाेगले साेमबार राति १२ बजदेखि माैन अवधि लागू गरेकाे हाे । माैन अवधि सुरु भएसँगै प्रचारप्रसार लगायत कार्यक्रम गर्न पाइने छैन ।

अब मतदान नसकुञ्जेलसम्म उम्मेदवारका पक्ष-विपक्षमा प्रचार गर्न, कुनै पनि माध्यमबाट मत माग्न, चुनावसम्बन्धी भेला-गोष्ठी लगायत काम गर्न नपाइने आयाेगले जनाएकाे छ ।

राष्ट्रिय सभाका १९ सदस्य पदका लागि माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ ।

प्रतिक्रिया