एउटै कार्यक्रमको ५ लाख लिन थाले पल शाहले

इनेप्लिज २०८० माघ ८ गते २२:२७ मा प्रकाशित

काठमाडौं । अभिनेता पल शाहको व्यस्तता झन झन बढ्दै जान थालेको छ । १ वर्षको जेल जीवन बिताएर बाहिर आएसँगै पल अहिले पहिले भन्दा पनि बढी व्यस्त हुन थालेका छन् । अभिनेता शाहले बलात्कार गरेको भन्दै एक नाबालिगले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुरमा जाहेरी दिएकी थिइन् ।

जबरजस्तीकरणी मुद्दामा लामै समय पूर्पक्षका लागि थुनामा रहेका शाहलाई उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले सफाइ दिएको थियो । जेलबाट बाहिर आएसँगै पलले अहिले एउटै कार्यक्रमको ४ देखि ५ लाख लिने गरेका छन् ।

जुन नेपालका कलाकारहरु मध्येकै सर्वाधिक पारिश्रमिक हो । पलले मेला महोत्सवहरुमा आफ्नो पारिश्रमिक ह्वात्तै बढाएर करिब ५ लाखको हाराहारी पुर्याए पनि उनलाई महोत्सवमा आयोजकले बोलाउन छाडेका छैनन् । उनी पुग्ने कार्यक्रममा दर्शकको ओइरो नै लाग्ने गरेको छ । हेर्नुहोस् यो रमाइलो भिडियो

प्रतिक्रिया