कवि तथा गीतकार मन्जुलबाट एल्बम सार्वजनिक 

इनेप्लिज २०८० माघ ५ गते ११:०४ मा प्रकाशित

ओएसनेपालको आयोजनामा वरिष्ठ कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को ३४ औं कृर्ति ‘मायाको ऐना’ गीतिएल्बम एक समारोहबीच वरिष्ठ कवि एवं गीतकार प्रा. मन्जुलद्वारा सार्वजनिक भएको छ । साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ र साहित्यकार मन्जुलको एकाइ वर्षपछिको भेट तथा एक समारोहबीच साहित्यिक कार्यक्रमको आयोजनामा उक्त एल्बम सार्वजनिक गरिएको थियो ।

विश्व चर्चित भारतीय गायक कुमार सानुको स्वरमा ”तिम्रो मायाको सागरमा पौडी रहन पाउँ जिन्दगीभरी तिम्रै साथमा दौडी रहन पाउँ”
र गायक सुमन श्रेष्ठको स्वरमा ‘आँखैमा बस्यौ तिमी मुटुका बस्यौ मलाई मायामा पल्कायौ पानी झैँ छलछल छल्किने तिम्रो जवानी झल्कायौ’ दुई गीत विश्व कृतिमानी चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीतमा रहेको छ ।

‘आगो पानी सहेर अन्यायसँग लड्छौं जब’ वरिष्ठ गायक राजेश पायल राईको स्वरमा रहेको छ ।

‘तिम्रै साथ म त हिँडेको देख्छु सपनाको डगर माया त हाम्रो जीवन हो सानू झालझेल नगर ।’ गायिका अनु चौधरी र गायक प्रताप दासको युगल स्वरमा रहेको छ ।

”गीत, संगीतको महा उत्सव ओएसम्युजिक अवार्ड अग्रज अनि स्रष्टा सबैको सम्मान गर्ने ओएसम्युजिक अवार्ड ।” वरिष्ठ संगीतकार राम कार्कीको संगीतमा मुस्कान राई र शान्ता कार्की लगायतको स्वरमा रहेको छ ।

एल्बम सार्वजनिक गर्नु हुँदै वरिष्ठ साहित्यकार एवं गीतकार प्रा. मन्जुलले धेरै पछिको अन्तराल अर्थात दुई दशकपछि साहित्यकार अमरसँग भेट भएको र अहिले उहाँको रचनामा रहेको एल्बम सार्वजनिक गर्दा एकदम खुशीको महसुस गरेको बताउनु भयो । दुई दशक अगाडि विभिन्न अनेकौं कार्यक्रमहरूमा हाम्रो भेट भएको स्मरण गर्नुहुँदै दुई दशकपछिको भेटमा पनि साहित्यकार अमर पहिले झैं साहित्य, गीत, संगीतमा निरन्तर लाग्नुभएकोमा खुशी व्यक्त गर्नु भयो । यस्तै गरि साहित्यकार एवं प्रा. सुस्मिता नेपालले एल्बम सार्वजनिक समारोहमा दुई दशक अघि उहाँ जस्तो बोल्नु हुन्थ्यो आज पनि उस्तै बोल्नु भएको र टाढाबाट पनि आवाजबाट साहित्यकार अमरलाई चिन्न सकेको र एल्बम सार्वजनिक समारोहमा सरिक भएर एल्बमको बारेमा बोल्न पाउँदा साहित्यकार अमरको उन्नति प्रगतिको कामना गर्नुभयो ।

ओएसनेपालको प्रस्तुति रहेको एल्बम सार्वजनिक समारोहमा संगीतकार सन्तोष श्रेष्ठ, फिल्म निर्देशक रोशन कुमार श्रेष्ठ, फिल्म निर्देशक प्रेम बस्याल, गायक सुर्यकमल राई लगायतले एल्बमका बारेमा आ-आफ्नो मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सभापति ओएसनेपालकोतर्फबाट विवेक कार्कीले गर्नु भएको थियो ।

प्रतिक्रिया