‘अगस्त्य’को दर्शकलाई नयाँ सरप्राइज

इनेप्लिज २०८० माघ ४ गते ११:४८ मा प्रकाशित

फिल्म ‘अगस्त्य’ को टिमले दर्शकलाई नयाँ सरप्राइज दिएको छ । यो फिल्ममा मुख्य कलाकारको रुपमा सौगात मल्ल, नाजिर हुसेन र मलिका महत रहेको भन्दै प्रचार गरिएको थियो । तर, फिल्ममा निर्देशक तथा कलाकार निश्चल बस्नेतको पनि मुख्य भूमिका रहेको भन्दै उनको लुक्स सार्वजनिक गरिएको छ ।

फिल्म ‘दिमाग खराब’मा समेत आफ्नो सरप्राइज भूमिकाले निश्चलले दर्शकलाई मनोरञ्जन दिएका थिए । अब, फागुनको १८ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘अगस्त्य’मा पनि उनको महत्वपूर्ण भूमिका रहेको खुलेको हो ।

सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म भित्र अन्य थुप्रै सरप्राइजहरु रहेको निर्माणपक्षले बताएको छ । निर्माणपक्षले निश्चलको गेटअप सार्वजनिक गरेपछि दर्शकको उत्साह अझै बढ्ने निश्चित छ ।

यो फिल्ममा निश्चललाई ‘अजित’ पात्रको भूमिकामा देख्न सकिन्छ । फिल्ममा प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झाको पनि मुख्य भूमिका छ ।

डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।

प्रतिक्रिया