ढल्किएको उमेर र गलेको शरीर लिएर वृद्धाश्रमको यात्रा

इनेप्लिज २०८० पुष २७ गते २२:५८ मा प्रकाशित

काठमाडौँ I आमा-बाबुको सपना बुढेसकालको साहारा छोरा । तर त्यही छोराले आमा बाबुलाई गरेको अपहेलनाको कथा समाजमा छरपष्ट रहेका छन् ।

त्यस्तै कथा बोकेको एक मार्मिक गीतीकथा रिलिज भएको छ । हुर्किएको छोरो अनि बुहारीको बचन, बुढेसकाल लागेकी आमालाई वृद्धाश्रम पठाउन कस्सिएका तिनै छोरा बुहारीको कथा बोकेको गीतीकथा “निक्लेर जा भन्छ छोराले” सार्वजनिक भएको छ ।

राजनराज शिवाकोटीको शब्द र सङ्गीतमा रहेको गीतमा राजनराजलाई आवाजमा टिका पुन र रिता केसीले साथ दिएका छन् । भिडियोको कथा र प्रस्तुति मनछुने बनाइएको छ ।

भिडियोले अन्त्यमा आमालाई गर्नु पर्ने माया र कर्तव्यको बोध गराएको छ । वृद्धाश्रम पुगेपछि आमाको माया महसुस गरेका छोराको व्यथा निकै मार्मिकरुपमा देखाइएको छ। विभोर पोख्रेलले निर्देशन गरेको भिडियोलाई रेबेल क्रिएशनको प्रस्तुतिमा गगन लाल प्रधानले निर्माण गरेका छन् । भिडियोमा हिउँवाला गौतम, सुवास सिंह ठकुरी, कृतिशा केसी, दीपिका भट्ट, सुनिल बुढाथोकी र खेम नेपालीको अभिनय रहेको छ। बाल कलाकारको रूपमा अस्लिशा लोहनी र दिव्यांश सिग्देलले अभिनय गरेका छन्। विशाल थापाले खिचेको भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका हुन ।काठमाडौँ I आमा-बाबुको सपना बुढेसकालको साहारा छोरा । तर त्यही छोराले आमा बाबुलाई गरेको अपहेलनाको कथा समाजमा छरपष्ट रहेका छन् ।
त्यस्तै कथा बोकेको एक मार्मिक गीतीकथा रिलिज भएको छ । हुर्किएको छोरो अनि बुहारीको बचन, बुढेसकाल लागेकी आमालाई वृद्धाश्रम पठाउन कस्सिएका तिनै छोरा बुहारीको कथा बोकेको गीतीकथा “निक्लेर जा भन्छ छोराले” सार्वजनिक भएको छ ।


राजनराज शिवाकोटीको शब्द र सङ्गीतमा रहेको गीतमा राजनराजलाई आवाजमा टिका पुन र रिता केसीले साथ दिएका छन् । भिडियोको कथा र प्रस्तुति मनछुने बनाइएको छ ।

भिडियोले अन्त्यमा आमालाई गर्नु पर्ने माया र कर्तव्यको बोध गराएको छ । वृद्धाश्रम पुगेपछि आमाको माया महसुस गरेका छोराको व्यथा निकै मार्मिकरुपमा देखाइएको छ। विभोर पोख्रेलले निर्देशन गरेको भिडियोलाई रेबेल क्रिएशनको प्रस्तुतिमा गगन लाल प्रधानले निर्माण गरेका छन् । भिडियोमा हिउँवाला गौतम, सुवास सिंह ठकुरी, कृतिशा केसी, दीपिका भट्ट, सुनिल बुढाथोकी र खेम नेपालीको अभिनय रहेको छ। बाल कलाकारको रूपमा अस्लिशा लोहनी र दिव्यांश सिग्देलले अभिनय गरेका छन्। विशाल थापाले खिचेको भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका हुन ।

प्रतिक्रिया