एउटा बुढो मान्छे गीत सार्वजानिक

इनेप्लिज २०८० पुष २७ गते २२:२४ मा प्रकाशित

मिती २०८०साल पौष २७ गते त्यस्तै जनवरी एघार २०२४का दिन कवि भद्रप्रसाद चुडाल (बिपी अकेला) को शब्द, भानु ओलीको सँगीत र बलराम समालको स्वरमा रहेको एउटा बुढो मान्छे गीत सार्वजानिक भयो । सुवास लिम्बुको निर्देशनमा तयार भएको यो गीतलाई निकिता र सुरेन उप्रेतीले प्रस्तुत गर्नु भएको छ ।

वाल्यकाल देखिनै मानिसका आआफ्नै सपनाहरू हुन्छन् । म ठूलो भए पछी यस्तो मान्छे बन्छु । यस्तो गर्छु भनेर सपनाहरू देखेको हुन्छ । यूवा हुँदै बयस्क र प्रौढ अवस्थामा पुग्दा कती सपनाहरू पूरा हुन्छन् । कती सपनाहरू अधुरै रहन्छन् । कवि भद्रप्रसाद चुडालले पनि शैशवकाल पहाडका उकालीर ‌ओरालीमा बिताउँछन् । पन्द्र सोह्र बर्षमा प्रवेश गरेपछी जुँगाका रेखी बस्नै लागेका युवा सुन्दर भविष्यका मिठा सपनाहरू बोकेर तराईमा झर्छन् । उनको यूवा जोश जाँगर र पशिनालाई तराईको उर्वराभूमीमा पोख्छन् । सुन जस्तै पहेला धानकाबालाहरूका रूपमा उनको मेहनत लटरम्म भएर खेतमा झुल्छ । उनकी धर्मपत्नीको शाहस साथ र सहयोगले अझैँ हौसला प्रदान गर्छ । मेहनतीहरू कै हो यो धर्ती, भनेझैँ यो दम्पतीले मेहनत पोख्दै जान्छन् । धरतीमा सुन फलाउँदै जान्छन् । भाइबहिनीहरू र छोराछोरीहरू पढाउँदै जान्छन् । बिहादान गर्दै जान्छन् ।

उनीहरुको जीवन परिवारकै लागि समर्पित हुन्छ । आफ्ना असिमित ईच्छा, रहर, र चाहनाहरूलाई एकातर्फ थन्क्याएर राख्छन् । आफ्नो स्वास्थमा रतिभर चिन्ता गर्ने फुर्सद पनि हुँदैन । सबै छोराछोरीहरू आआफ्नो दर्गदिशा लाग्छन् । घर बचेरा उडेको गुण जस्तै बन्छ । त्यसपछी फेरि बज्रपात पर्छ । राम्रा मानिसलाई भगवानले पनि मनपराउँदा रहेछन् । अर्धाङ्गिनी भगवानको पृय बनेर जान्छिन् यसरी बृद्ध अवस्थामा मान्छे एक्लिन्छ । त्यही बृद्ध उमेर र एक्लो अवस्थाको यथार्थ चित्रण हो यो गीत । आज हजारौँ नेपाली बुबाआमाले भोग्नु परेको वास्तविक अवस्थाको प्रतिनिधी आवाज हो यो गीत ।

प्रतिक्रिया