जापानको नागोयामा र्यापर दिनेश नेपाली (डीएनएक्स)को भब्य कन्सर्ट हुने

इनेप्लिज २०८० पुष २६ गते २३:०१ मा प्रकाशित

बलराम थापा । सिनओकुबो

नौटंकी नागोया जापान आयोजनामा आज जनवरी १२ तारिक शुक्रबारको दिन जापानको नागोया सिटीमा नेपालका चर्चित र्याप गायक डिएनएक्स (दिनेश नेपाली) र ईश्वर गुरूगं नमस्ते ब्याण्डको साथमा अन्य स्थानिय कलाकारहरूको भब्य संस्कृतीक कार्यक्रम हुने भएको छ ।

नेपालको र्याप बिधाको पहिलो हिपहप रियालिटी शो नेपहपको श्रीपेच बाट उदायका दिनेश ईन्टुमिन्टु लण्डनमा, साईको, कन्टोभर्सी, तिमीमेरो स्वस्तिमा, मेरी बाबरी र भोले नाथ भेलेनाथ जस्ता गितहरू चर्चित छन् जुन रियालिटी शो बाट नै अर्का चर्चित र्यापर बालेन शाहले कार्यक्रमको जर्ज बस्दै गर्दा काठमाडौ महानगरका मेयर पदमा उम्मेदवारी दिने घोषणा गरि मेयर सम्म बन्न सफल भएका थिए भने दिनेश टप टेन भित्र पर्न सफल भएका थिए चाडै नै उक्त रियालिटी शो को दोस्रो संस्करण घोषणा हुने चर्चा समेत भईरहेको छ ।

उक्त कार्यक्रम नागोयामा नेपालीहरूको हवको रूपमा उदाएको नयां ठाउ परपल हेज रकबार नागोयामा नेपालका ख्याति प्राप्त केही कलाकारहरूले पनि यहाँ प्रस्तुति दिई सकेका छन् । दिनेस(DNX) संगै अन्य स्थानिय कलाकारहरूको समेत उक्त कार्यक्रममा प्रस्तुति रहने आयोजक सदस्य उज्जवल गुरागाईले बताउनुभयो । यसबाहेक पनि डीएनएक्सको जनवरी १३ शनिवारमा गुम्बाकेन स्थित रक्सी बार एण्ड रेस्टुरेण्ट जनवरी १४ (आईतबार)मा टोकियो स्थित काठमाडौं लाउन्जबारमा बिशेष र आकर्षक प्रस्तुती रहने आयोजकले जनाएको छ । भने जनवरी १५ (सोमबार)मा सिसा लाउन्ज एण्ड डाईनिगं बार ओकुबोमा सायोनारा पाटी संगै दिनेस (DNX) को जापान टुर समापन हुने जनाईएको छ ।

आज जनवरी १२ तारिख शुक्रबारको दिन साँझ ७ बजे बाट कार्यक्रम सुरूहुने जनाईएको छ । कार्यक्रमको टिकट २५०० ऐन, ३ हजार ऐन र ७ हजार ५ सय ऐन भिआईपी टिकटमा फ्रि ड्रिगंसको समेत ब्यवस्था गरिएको छ भने १८ बर्ष भन्दा कम उमेरको बच्चाहरूलाई पूर्ण रूपमा निषेध गरिएको छ र टिकट अनलाईन तथा नागोया को बिभिन्न नेपाली मार्ट तथा रेस्टुरेन्टहरू बाट समेत अफलाईन बिक्री बितरणको ब्यबस्था मिलाईएको छ ।

प्रतिक्रिया