‘सन्नाटा भित्र रुम्मल्लिएको  त्यो साँझ’ 

रजनी (कन्चन) मल्ल २०८० पुष २६ गते २२:४३ मा प्रकाशित

कुनै सन्नाटाले छाएको त्यो साँझलाई पछ्याउदै गइरहेका मेरा पाइलाहरु अनायास चारैतिरको अन्धकारलाई छिचोल्दै झिलिमिली गर्दै बलिरहेको बत्तीको प्रकाशले उजायमान भएको पशुपतिनाथको बातावरणमा गएर रोकिन पुग्छ। पशुपतिनाथको मन्दिर अनि चारैतिरको बातावरण, तलतिर कलकल गर्दै एकनाशसित बगिरहेको बागमती नदी रोइरहे झै लाग्दछ, अनि नदीको किनारामा सल्किरहेको मानिसका लाशहरुको माथी माथी उडिरहेको धुवा कता कता बादलभित्र हराई दिए झैँ लाग्दछ। अनि कुनै ढुंगा झैँ जमिनमा लडिरहेका लाशलाई जलाउनका लागि तयार गरिरहेका चित्ताहरु जिस्क्याईरहे झैँ लाग्दछ। अनि चार जनाले काधमा बोकेर ल्याइरहेका लाशका पछि पछि आइरहेका आफन्त साथीभाई हरुका अध्यारो अनुहारहरुको दृश्यले जिबनको यथार्थतालाई महशुस गरिरहे झैँ लाग्दछ। मन्दिर वरिपरि यताउता दगुरिरहेका बादरहरु त्यो दृश्यलाई हेर्न नसकी अत्तालिरहे झैँ देखिन्छ।

नदीको माथितिरको किनारामा, भाबुक मुद्रामा बसिरहेका मानिसहरुको माझमा श्री पशुपतिनाथलाई प्रज्वाल्यामान गर्दै बलिरहेका आरतीका चमकहरुले बातावरण आकर्षित देखिन्छ भने मनलाई छुने आकर्षित भजनको साथ जिबनसंग सम्बन्धित भाबुक गीतहरु गुञ्जिरहेको त्यो साँझले आफुलाई अर्कै दुनियामा पुर्याएको भान हुन्छ पनि। भक्तजनहरु त्यो प्रज्वलित आरती संगसंगै मुग्ध भएर हेर्दै कहिले संगीतको तालसंगसंगै ताली ठोकिरहंछ त् कहिले गुञ्जिरहेको भजन संगसंगै लय मिलाउदै भजन गाइरहन्छ, लाग्दछ ति दर्शकहरु त्यो आकर्षित अनि भाबुक बातावरणमा आफ्ना सबै दुख पीडाहरु भुलेर हराइरहेका छन्। म पनि ति दर्शकहरु मध्य एक बन्न पुग्छु र त्यसैमा रमाउछु त् कहिले भाबुक हुन्छु पनि। कहिले बागमती नदीको छेउमा जलिरहेका लाशहरुलाइ हेर्दै त् कहिले बातावरणलाई नै भाबुक बनाउने गीत भजन सुन्दै मानिसहरुको माझमा श्री पशुपतिनाथलाई प्रज्वाल्यामान गर्दै बलिरहेका आरतीका चमकहरुले सुसज्जित आकर्षित बातावरणमा कहिले मेरा आखाहरू मुग्ध भै दिन्छ त् कहिले उजायमान त्यो बातावरण लाई घन्काउदै बजिरहेका बाजाका साथमा गुन्जिरहेका भजन अनि भाबुक मन छुने गीतहरुले मेरो मनलाई कताकता छोइदिन्छ अनि थाहा नै नपाईकन मेरा आँखाहरु रसाइदिञ्छ पनि।

आरती सकिएपपछि अन्य मानिसहरु संगसंगै म पनि चारैतिरका मठ मन्दिरभित्रका अध्यात्मिकतालाई मनभित्र बोक्दै, अनि जीबनको यथार्थतालाई महशुस गर्दै, भाबुकता भित्र डुब्दै, त्यो सन्नाटाभित्र रुम्मल्लिएको साझको शुरुवातलाई एक अविष्मरणिय साझको रुपमा बिसर्जन गर्दै गरुङ्गो पाईला लिएर आफ्नो गन्तव्यतिर लाग्दछु।

प्रतिक्रिया