सन्दीपलाई ८ वर्ष कैद सजायसहित ३ लाख जरिवाना, सन्दीप उच्च अदालत जाने

इनेप्लिज २०८० पुष २५ गते ११:४६ मा प्रकाशित

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले ८ वर्ष कैद सजायसहित ३ लाख जरिवाना भराउने फैसला भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीप विरुद्ध सजाय, जरिवाना र पीडितलाई क्षतिपूर्ति दिने फैसला गरेको हो ।

नाबालिग बलात्कार आरोपमा प्रहरीले लामिछानेलाई २०७९ असोज २० मा नियन्त्रणमा लिएको थियो । उनीविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा २०७९ भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् । अदालतले पीडित महिलाको उमेर पुगेको ठहर समेत गरेको छ ।

काठमाडौँ जिल्ला अदालतबाट ८ वर्ष कैद सजाय सुनाइएका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने भएका छन् । गत पुस १३ गते बलात्कार मुद्दामा दोषी ठहर भएका उनलाई अदालतले बुधबार ८ वर्ष कैद र तीन लाख जरिवाना र दुई लाख पीडितलाई क्षतिपूर्ति भराउने निर्णय गरेको छ ।

प्रतिक्रिया