सोझी युवतीलाई यसरि फकाएर अपार्टमेन्टमा राखेर वेबसाइट मार्फत यौन व्यवसाय गर्थे यि जोडिले,प्रहरी चकित (भिडियो सहित)

इनेप्लिज २०८० पुष २५ गते ३:५८ मा प्रकाशित

भारतको दिल्लीमा अपार्टमेन्ट भाडामा लिएर यौन व्यवसाय सञ्चालन गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जास्थित गल्याङ नगरपालिका–७ का ३५ वर्षीय टिकाराम भण्डारी र उनकी श्रीमती टिका कुमारी वलीलाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले कञ्चनपुरबाट नियन्त्रणमा लिएको हो ।

ब्यूरोका अनुसार भण्डारी दम्पतीले दिल्लीका विभिन्न होटल, रेस्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाई समेत राम्रो हुने प्रलोभन देखाई नेपाली युवतीलाई भारत पुर्‍याई आफ्नो अपार्टमेन्टमा राखेर वेश्यावृत्तिमा लगाउने गरेको अनुसन्धानबाट खुलेको छ । ब्यूरोका प्रवक्ता एसपी कृष्ण प्रसाद पङ्गेनीका अनुसार भण्डारी दम्पतीले दिल्लीस्थित किशनगढमा अपार्टमेन्ट भाडामा लिएका थिए ।

भण्डारीले भाडाको अपार्टमेन्टमा खाने, बस्ने व्यवस्था समेत मिलाई वेबसाइटमार्फत विज्ञापन गरेर अनलाइनमार्फत वेश्यावृत्तिको र्‍याकेट चलाउँदै आएको दाबी ब्यूरोको छ । पंगेनीले भने,‘ भण्डारी दम्पतीले अनलाइनमार्फत नै वेश्यावृत्ति सञ्चालन गर्न ह्वाट्सएपको ग्रुप बनाएको पाइयो, उक्त ग्रुपमा जोडिएका ग्राहकहरूले पैसा तिरेपछि मात्रै ग्राहले भनेको ठाउँमा युवतीहरू पुर्‍याउने गरेको देखियो ।’ ब्यूरोका अनुसार भण्डारी दम्पतीले पीडित युवतीहरूलाई नयाँ मोबाइल , भारतीय सिम समेत उपलब्ध गराई ह्वाट्सएप र फेसबुकको आईडी बनाएर पासवर्ड आफैले राखेर अनलाइन निगरानी गर्दै आएका थिए ।

https://www.youtube.com/watch?v=GG0D3Cr5S5M

प्रतिक्रिया