महोत्सव मध्यरातमा ज्योति मगर बुरुक बुरुक उफ्रिए नाच्दा नाच्दै स्टेजमा भ्वाङ परेपछी यसरि पछारिइन् (भिडियो सहित)

इनेप्लिज २०८० पुष २४ गते ११:५७ मा प्रकाशित

गायिका ज्योति मगर नाच्दानाच्दै स्टेजमा पछारिएको भिडिओ सार्वजनिक भएको छ । इलामको माइ नगरपालिका १ मा बिहीबारेमा भएको १३ कुने सिमसार महोत्सवमा घटना भएको हो ।

ज्योति गीत गाउने क्रममा उफ्रिएर नाच्दानाच्दै स्टेज भ्वाङ परेर उनी जाकिएको भिडिओमा देखिन्छ । यो महोत्सव पुष १७ देखि २० गतेसम्म आयोजना भएको थियो । महोत्सव समापन हुने पुस १९ गते राति करिब ११ बजे स्टेज उक्लिएकी थिइन् ज्योति । उनले सयौं दर्शकबीच आफ्नो प्रस्तुति सुरु गरिन् ।

ज्योति गीत गाउने क्रममा आफ्नै शैलीमा बुरुक बुरुक उफ्रिएकी थिइन् । उनी उफ्रिँदा एक्कासी स्टेजमा भ्वाङ पर्यो । भ्वाङमा ज्योतिको देब्रे खुट्टो घुँडासम्म छिर्यो उनी पछारिइन् । लडेपछि बेस्सरी धुलो उडेको र त्यहाँ रहेका सुरक्षाकर्मीले ज्योतिको उद्दार गरेको भिडिओमा देखिन्छ ।

‘मैले भनेको त हो नि’ भन्दै उनले आफ्नो खुट्टा प्वालबाट निकाल्न अरूको सहयोग मागेको कार्यक्रमको सुरक्षाका लागि गएका एक प्रहरीले बताए । प्रस्तुति दिँदादिँदै खुट्टामा चोटसमेत लाग्नेगरी घटना भएपछि ज्योति आयोजकसँग केही असन्तुष्ट भइन् । तर, प्रस्तुति छाडिनन् । चोटका कारण खुट्टाले साथ नदिए पनि करिब राति १२ बजे उनले आफ्नो प्रस्तुति बिट मारिन् ।

https://www.youtube.com/watch?v=G8h0ZSYkQG4

प्रतिक्रिया