सांसद एकनाथ ढकालद्वारा गोरखाको मनकामनामा “हेल्थ पोस्ट“ संचालन गर्न माग

इनेप्लिज २०८० पुष २३ गते २३:३८ मा प्रकाशित

सांसद ढकालद्धारा गोरखा मनाकामनामा तत्काल हेल्थ पोष्ट सञ्चालनमा ल्याउन स्वास्थ्य मन्त्री बस्नेतको ध्यानकर्षण ।

काठमाडौ । गोरखा जिल्ला वाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाका संघीय सांसद एकनाथ ढकालले गोरखाको मनकामनामा तुरुन्त “हेल्थ पोस्ट“ सेवा संचालन गर्न माग गरेका छन्् । मङ्गलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतलाई उहाँकै कार्यकक्षमा भेटि ढकालले लिखित रुपमा उक्त माग पेश गरेका हुन् । मन्त्रि बस्नेतलाई पेश गरिएको पत्रमा गोरखा जिल्लाको शहिद लखन गाउँपालिका वडा न २ को प्रसिद्ध धार्मीक स्थल मनकामना मन्दिरमा दर्शन गर्न आउने हजारौं दर्शनार्थीहरु र स्थानीय बासिन्दाको सुबिधाको लागि स्वास्थ्यकर्मि र स्वास्थ्य उपकरणहरु सहितको हेल्थ पोस्ट तुरुन्त संचालनको लागि आबस्यक दरबन्दी उपलब्ध गरिदिन माग गरिएको छ । सांसद ढकाल केहि समय अघि मनकामनाको दर्शन गर्न जाँदा मूल पुजारी इन्सानबहादुर थापामगर तथा स्थानीयले हेल्थ पोस्ट नहुदाको दुख बारे उहाँलाई जानकारी गराएका थिए । मन्त्रि बस्नेतले हेल्थ पोस्ट संचालनको लागि जिल्ला अस्पताल संग समन्वयन गरि आबस्यक पहल गर्ने बताउनु भएको सांसद ढकालका स्वकीय सचिव जितेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया