बलराम थापा । सिनओकुबो
गजब ईन्टेण्डमेन्ट जापानको आयोजनामा यही जनवरी ६ तारिक शनिबारको दिन जापानको राजधानी टोकियो खाबुकिचो स्थित संसारको टप सय कल्ब भित्र पर्ने ३३औं नाईट कल्ब क्लब वार्प सिन्जुकूमा नेपालका चर्चित र्याप गायक डिएनएक्स (दिनेश नेपाली)को भब्य कार्यक्रम हुने भएको छ ।
नेपालको र्याप बिधाको पहिलो हिपहप रियालिटी शो नेपहपको श्रीपेच बाट उदायका दिनेश ईन्टुमिन्टु लण्डनमा, साईको साईको, कन्टोभर्सी, तिमी मेरो स्वस्तिमा, मेरी बाबरी र भोले नाथ भेलेनाथ जस्ता गितहरू चर्चित छन् जुन रियालिटी शो बाट नै अर्का चर्चित र्यापर बालेन शाहले कार्यक्रमको जर्ज बस्दै गर्दा काठमाडौ महानगरका मेयर पदमा उम्मेदवारी दिने घोषणा गरि मेयर सम्म बन्न सफल भएका थिए भने दिनेश टप टेन भित्र पर्न सफल भएका थिए चाडै नै उक्त रियालिटी शो को दोस्रो संस्करण घोषणा हुने चर्चा समेत भईरहेको छ ।
संसारको टप ३३ औं श्रेणीमा पर्ने सिन्जुकु स्थित पुरानो खाल्टो हाल WRAP CLUB सिन्जुकुमा नेपालका ख्याति प्राप्त केही कलाकारहरूले पनि यहाँ प्रस्तुति दिई सकेका छन् । दिनेस संगै अर्का चर्चित र्यापर महेश डोगं र अन्य स्थानिय र्यापर कलाकारहरूको समेत उक्त कार्यक्रममा प्रस्तुति रहने आयोजक सदस्य सचिन श्रेष्ठले बताउनुभयो । यस बाहेक पनि डीएनएक्सको जनवरी १२ मा नागोया स्थित परपलहेज बारमा अर्को बिशेष कार्यक्रम हुने आयोजक नौंटंकी नागोयाले जनाएको छ ।
भोलि जनवरी ६ तारिख शनिबारको दिन साँझ ४ बजे बाट कार्यक्रम सुरू हुने जनाईएको छ । कार्यक्रमको टिकट अग्रिम खरिद गर्दा ३५०० ऐन र गेटमा गएर किन्नु पर्दा ४ हजार ऐन र जनरल टिकट ५ हजार ऐन तथा भिआईपीको लागि १० हजार ऐनको टिकट सहित सिट सुरक्षित राखिएको छ भने र टोकियो को निम्न स्थानमा टिकट बिक्री केन्द्र समेत तोकेको छ ।
टिकट पाईने स्थानहरु
१.सिसा लाऊन्ज एण्ड डाईनिन्ग बार, ओकुबो
२.रातो माटो नेपाली नेवारी भान्छा,ओकुबो
३.किग्सं लाउन्जवार, ओकुबो
प्रतिक्रिया