पद्मा लिंखा मगरको शब्दमा ’मन्द मन्द हावा’ सार्वजनिक

इनेप्लिज २०८० पुष १८ गते ४:०९ मा प्रकाशित

काठमाण्डौं ।

काठमाण्डौं । गीतकार तथा समाजसेवी पद्मा लिंखा मगरको शब्द सिर्जनामा रहेको ’मन्द मन्द हावा’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सिडी विजय अधिकारी र अस्मिता अधिकारीले स्वर दिएका छन ।

राज कुमार बगरको संगीत तथा राजु कार्की को संगीत संयोजन गीतमा रहेको छ । प्रेमील मायालु जोडि विचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ ।

दिपक गिरीको छायाँकन , विकाश दाहालको सम्पादन तथा जनक सिंहको निर्देशन भिडियोमा रहेको छ । ’मन्द मन्द हावा’ गीतको भिडियोमा सनम कठायत र स्मारिका ढकालको फिचरिङ रहेको छ ।

’मन्द मन्द हावा’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया